पूर्वाञ्चल दैनिक २६ वर्षमा प्रवेश

2020-11-16 मा प्रकाशित

बिर्तामोड,१ मंसिर ।श्री अन्तु प्रकाशन प्रा।लि।द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक आज मंसीर १ गते २५ बर्ष पूरा गरी २६ बर्षमा प्रवेश गरेको छ ।
मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउन सफल पूर्वाञ्चल दैनिक प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पत्रिका हो । संस्थाका अध्यक्ष टोरुप प्रसाई, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक एकराज गिरीले पूर्वाञ्चल २६ वर्षमा प्रवेशको पूर्व सन्ध्यामा विज्ञप्ति जारी गरी अहिले सम्मको यात्रामा साथ दिने, सहयोग गर्ने सबैलाई कृतज्ञता ज्ञापन गरेका छन् ।
२६ वर्ष प्रवेशसंगै पत्रिकाले यस वर्षबाट विभिन्न जातीको भाषा लिपिको संरक्षण र विकासमा टेवा पुर्याउन विभिन्न भाषामा सामग्री प्रकाशन गर्ने भबएको छ । पाक्षिक रूपमा किरात सिरीजङ्गा लिपिको सामग्री प्रकाशन गर्ने यस अघि सम्झौता समेत भइसकेको छ ।
प्रकाशन गृहले यस वर्ष कोरोना भाइरसका कारण मुलुक नै अप्ठ्यारो अवस्थामा रहदाँ पनि पत्रिका प्रकाशनलाई निरन्तरता दिदै आएको छ ।प्रत्रिकाले आजैबाट गुडमर्निङ पूर्वाञ्चल कार्यक्रम समेत सुरु गरेको छ । जसमा राशीफल सहितका महत्वपूर्ण सामग्री प्रस्तुत हुने प्रधान सम्पादक एकराज गिरीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु