औषधिसम्बन्धी अध्यादेश जारी

2020-11-18 मा प्रकाशित

काठमाडौं,३ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल औषधि ९तेस्रो संशोधन० अध्यादेश २०७७ जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार उनले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन् ।
संसद अधिवेशन नभएका बेला नयाँ कानुन ल्याउनुपरेमा अध्यादेशमार्फत ल्याउने प्रचलन छ । कोरोना विरुद्धको खोप नेपालमा आयातका लागि यो कानुनी व्यवस्था गरिएको हो ।
केही दिनअघि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाविरुद्धको खोप परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि कानुनी समस्या नहोस् भनेर अध्यादेश ल्याउन लागेको जानकारी दिएका थिए । अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु