झापामा थप ३० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

2020-11-18 मा प्रकाशित

मेचीनगर ३,मंसिर । बुधबार झापामा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडमा ८, भद्रपुरमा ९, अर्जुनधारामा २, कमल गाउँपालिकामा २, झापा गाउँपालिकामा १, शिवसताक्षीमा १, दमकमा ५ गौरादहमा २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यसैगरी बुधबार झापामा कोरोना संक्रमणबाट कमल गाउँपालिका वडा नं ३ का २८ वर्षिय पूरुषको बिराट मेडिकल कलेजमा, दमक २ मा ८२ वर्षिय पूरुषको होम आइसोलेसनमा, बुद्धशान्ति गाउँपालिका वडा नं ३ का ६८ वर्षियको पूरुष बि।एण्ड सि अस्पतालमा, अर्जुनधारा ९ का ७३ वर्षिय पुरुषको बि।एण्ड सि अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।यो सँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ
हालसम्म झापामा कुल संक्रमितको संख्या ३०९४ पुग्दा १९२० जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १०८६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु