नेकपालाई कुनै बिदेशीले फुटाउन सक्दैनः मन्त्री भट्टराई

2020-11-20 मा प्रकाशित

बिर्तामोड । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपालाई कुनै बिदेशीले फुटाउन चाहेर पनि फुटाउन नसक्ने बताएका छन् । प्रेस संगठन नेपाल झापा शाखाको सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । उनले भने ‘नेकपा चिनले पनि जोगाउन सक्दैन, भारतले पनि फुटाउन सक्दैन, यसलाई जोगाउने र फुटाउने सबै नेता कार्यकर्ता नै भएको उनको भनाई थियो ।

नेकपालाई हन्हनी ज्वरो मात्र आएको हो कोरोना भएको छैन उनले भने– यो सिजनल फ्लुजस्तो मात्र हो । पानी पट्टी गर्नु पर्छ, यो आफै ठिक हुन्छ ।
मन्त्री भट्टराईले नेकपाका कार्यकर्तालाई दुबै हातमा मसाल नबोक्न आग्रह गरे । उनले भने – ‘दुवै हातमा पानी बोकौं पानीले जीवन दिन्छ, आगोले ध्वस्त बनाउँछ । केन्द्रमा आगो बलिरहेको छ । हातमा पेट्रोल बोक्ने कि पानी तपाईंको विचार ।
प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति झापाका संयोजक मुक्ति पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममाथि प्रकाश प्रदेश सहसंयोजक गणेश पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सहसंयोजक टिकाराम उप्रेतीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु