श्रीहरि सत्संघ समिति नेपालको दशदिने नवचैतन्य वर्ग सम्पन्न

2026-05-20 मा प्रकाशित

झापा । श्रीहरि सत्संघ समिति नेपालको आयोजनामा सञ्चालित दशदिने नवचैतन्य वर्ग बुधबार सम्पन्न भएको छ।

मेचीनगर–७ स्थित मानव धर्म सेवा समितिको भवनमा बैशाख २८ गतेदेखि आयोजित प्रशिक्षण कार्यक्रममा नेपालका विभिन्न जिल्लाबाट आएका २५ जना साधकहरूको सहभागिता रहेको थियो। समाजमा धार्मिक जागरण सिर्जना गर्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको श्रीहरि सत्संघ समिति नेपालले जनाएको छ।

तालिममा सिक्किमबाट आउनुभएकी किशोरी प्रिती परासरले प्रशिक्षण दिएकी थिइन्। १० दिनसम्म सञ्चालन भएको प्रशिक्षणमा सुसंस्कारित समाज निर्माणमा खेल्नुपर्ने भूमिकाबारे सहभागीहरूलाई जानकारी गराइएको थियो।

श्रीहरि सत्संघ समिति झापा जिल्ला अध्यक्ष शान्ति चौधरीको सभापतित्व तथा मानव धर्म सेवा समिति श्रद्धेय आश्रमकी सुवर्ण बाईजीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा श्रीहरि सत्संघ समितिका संरक्षक अध्यक्ष भीकमचन्द्र सरल, ग्राम संगठन समितिका अध्यक्ष विद्यानन्द माझी, कोशी प्रदेश ग्राम संगठन उपाध्यक्ष महेश स्वर्णकार, कोशी प्रदेश उपाध्यक्ष रोशन श्रेष्ठ, भारतबाट आउनुभएकी एकल अभियानकी केन्द्रीय प्रशिक्षण प्रमुख सीमा अजगाउँकर, प्रमुख प्रशिक्षक किशोरी प्रिती परासर, राष्ट्रिय उपाध्यक्ष सोमनाथ सुवेदी, प्रभाग पालक वीरेन्द्र बुढाथोकी, प्रशिक्षण प्रमुख आशाराम मण्डल, कोशी प्रदेश प्रशिक्षण प्रमुख किरण गौतम, केन्द्रीय टोली तथा कोशी प्रदेश प्रमुख शान्ति भट्टराई, जिल्ला सदस्य पुनित अग्रवाल, जिल्ला कोषाध्यक्ष केशाङ लामा लगायत विभिन्न कीर्तन मण्डलीका अध्यक्षहरूको आतिथ्यता रहेको थियो।

समापन समारोहमा प्रशिक्षणमा सहभागीहरूले अनुभव कथन प्रस्तुत गरेका थिए। सो अवसरमा सीमा अजगाउँकर, राष्ट्रिय अध्यक्ष भीकमचन्द्र सरल, ग्राम संगठन समिति अध्यक्ष विद्यानन्द माझी तथा महेश स्वर्णकार लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रमको अन्त्यमा जिल्ला अध्यक्ष शान्ति चौधरीले धन्यवाद ज्ञापन गरेकी थिइन्। वर्गाधिकारी तीर्थ पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन श्रीहरि सत्संघ झापा जिल्ला रथ योजना प्रमुख अमर सुब्बाले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु