झापाका नदी सुनसान, घरमै बनाएको कुण्डमा अस्ताउदो सूर्यलाई अघ्र्य दिए ब्रतालुले

2020-11-20 मा प्रकाशित

बिर्तामोड ।हरेकबर्ष उल्लासकासाथ नदी किनारमा मनाउदै आएको छटपर्व यस बर्ष भने कोरोना भाइरसको त्रासका कारण झापाका अधिकाशं नदी सुनसान देखिएका छन् । छठ पर्व मनाउने अधिकांश व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका छन् ।
विश्वमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न जिल्ला प्रशासन कार्यालय झापाले यस वर्ष घरआँगनमा कुण्ड बनाई पूजाआजा गरी छठ मनाउन आग्रह गरेका कारण छठका व्रतालुहरुले शुक्रबार बेलुकी घरमै बनाएको कुण्डबाट अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिएका हुन् ।
उनीहरुले घरमै बनाएको कुण्डमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अघ्र्य दिई पूजापाठ गरेका थिए ।
अघिल्ला बर्षहरुमा झापाको भद्रपुरस्थित मेची नदी, पूर्वी नाका नेपाल भारतलाई छुट्याउने मेची नदी, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अन्धुवा, माई र रतुवा लगायतका नदी तथा खोलाहरूमा हजारौको संख्यामा ब्रतालु तथा भक्तजनहरु भेलाहुने गरेका थिए । दृष्य अवलोकन गर्न आउनेहरुको भीड पनि त्यतिकै हुनेगरेको थियो तर विश्वमहामारीको रुपमा फैलिएको कोरोनाका कारण नदी नजिकका एकाध व्रतालु छठ मनाउन नदीहरुमा गए पनि अधिकांशले घरमै कुण्ड बनाएर छठ मनाएका छन् ।
बिर्तामोडका अधिकांश ब्रतालुले घरमै कुण्ड बनाएर छठ पर्वको मनाएको छठ समाज सेवा समिति बिर्तामोडका महासचिव मनोज रौनियारले जानकारी दिए ।
समितिमा आवद्ध तथा बिर्तामोडमा चार सय १० परिवारले छठ पर्व मनाउँदै आएकोमा यस बर्ष ९०प्रतिशतले घरमै कुण्ड बनाएर छठ पर्व मनाएको उनले बताए ।यता निन्दा नदीसमेत सुनसान रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु