मेचीनगर। लिची झार्ने क्रममा लडेर गम्भीर घाइते भएकी झापा मेचीनगर(१० की प्रियंका राजवंशीको उपचारमा सहयोग गरिदिन परिवारले अपील गरेका छन् । प्रियंकाको उपचारका लागि ६ लाख ५० हजार लाग्ने विर्तामोडस्थित इस्पाइलन हस्पिटल प्रशासनले भनेपछि उपचारमा सकेको आर्थिक सहयोग पुर्यादिनुहुन देश तथा विदेशमा रहेका नेपालीलाई उनकी आमा निपी राजवंशीले अपील गरेकी हुन् । प्रियंकाको उपचारका लागि आफन्त र सहयोगीहरुबाट संकलन भएको १ लाखबढी रकम अस्पतालमा बुझाइसकेको छ । आवश्यक रकमको लागि निपीको दिदीको छोरा दिपेश राजवंशीको नाउँमा रहेको नविल बैकमा रहेको खाता नम्बर ०२११००१७५१६००८ मा आर्थिक सहयोग गरिदिन अपील गरेको हो ।
घटना जेठ १ गतेको हो । मेचीनगर (१० धुलाबारी मावि पछाडिपट्टी लटरम्म फलेको लिची झारिदिन घर छेउका भाइबहिनीहरुले आग्रह गरेपछि प्रियंका लिचीको रुखमा चडेकी थिइन् । लिची झारिदिनइन् पनि । लिची झारेपछि उत्रने क्रममा उनले टेकेको हाँगा भाचिँएर भूँइमा लड्न पुगिन् । उनी लड्दा शरीरको मेरुदण्डमा गम्भीर चोट पुगेको थियो । स्थानीय र परिवारको सहयोगमा तत्काल विर्ता सिटी अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । प्रियंकाको मेरुदण्डको नशामा गम्भीर असर परेकाले थप उपचारका लागि विर्तामोडस्थित इस्पाइलन हस्पिटलमा रेफर गरेको थियो । त्यहाँ एक महिनाबढी उपचार गरेपछि हाल विरामीको अवस्था सुधार हुँदै आएको छ । प्रियंकाको बुबा सानैमा बितेका हुन् । हाल कमजोर आर्थिक अवस्थालाई सहज बनाउन उनकी आमा दैनिक मजदुरी गर्दै आएकी छन् । दैनिक मजदुरी गर्दै आएकी मैले ६ लाख ५० हजार रुपैयाँ कसरी निकाल्नु, प्रियांकाकी आमा निपी राजवंशीले भनिन्, मेरो छोरीको उपचारका लागि सबैलाई अनुरोध गर्दछु ।
निपी राजवंशीको अवस्थाः
निपी राजवंशीका २ छोरी र १ जना छोरा छन् । छोराछारीमध्ये घाइते भएकी छोरी पहिलो सन्तान हुन् । मेचीनगर(१२ बाट विवाह गरेर मेचीनगर(१० मा कोठा भाडामा बस्दै आएकी निपीको श्रीमान् उनको छोरा जन्मिएपछि वितेका थिए । श्रीमान् वितेपछि तीन जना छोराछोरीको लालनपाल र शिक्षादिक्षाका लागि निपीले मजदुरी गर्दै गर्जो टार्दै आएकी छन् । ञउनले भनिन्, ञविवाह भयो, बालबच्चा पनि तीन जना भए । आफ्नो समेत नागरिकता बनाउन नसक्दा समस्या पर्दै आएको छ । झ उनका श्रीमान्को पनि नागरिकता थिएन । नागरिकता बनाउने भन्दाभन्दै श्रीमान् वितेका थिए । आमाबुबा दुवै जनाको नागरिकता नभएपछि दुई छोरी र एक छोराको जन्मदर्ता समेत भएको छैन । घाइते प्रियंका हाल १६ बर्षकी पुगिन् । उनको जन्मदर्ता नभएकै कारण पठपाठन गर्न पाएकी छैनन् । उक्त समस्यालाई लिएर निपीले पटकपटक वडा कार्यालय धाइन् । जानकारसँग पनि बुझिन् । तर निपीसँग उपयुक्त कागजात नहुँदा आफ्नो नागरिकता बनाउन सकिनन् । उनको नागरिकता नहुँदा छोराछोरीको जन्मदर्तासँगै पठनपाठन रोकिएको छ ।
त्यतिमात्रै होइन प्रियंका घाइते हुँदा परिवारमा नागरिकता नहुँदा निपीको दिदीको छोरा दिपेश राजवंशीको नाउँको बैक खाता नम्बर सार्वजनिक गरिएको पुनम राजवंशीले बताइन् । थप जानकारीका लागि पुनम राजबंशी ९७०१६७२६५० लाई सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रतिकृया दिनुहोस्