2026-06-03 मा प्रकाशित
मेचीनगर । झापाको मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा पछाडि सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मेचीनगर–९ मा रहेको होलिबेल स्कुलको मे १ क ३९१ नम्बरको स्कुल बस गोमनचरीबाट धुलाबारीतर्फ भित्री सडक हुँदै जाँदै थियो। सोही समयमा इँटाभट्टाबाट गोमनचरीतर्फ आउँदै गरेको मे ९ प ९९०७ नम्बरको मोटरसाइकलसँग मेचीनगर–७ स्थित इँटाभट्टा क्षेत्रको सिमेन्ट फ्याक्ट्री नजिक बस ठोक्किएको थियो।

प्रतिकृया दिनुहोस्