मेचीनगरका तिम्सिना रास्वपाको केन्द्रीय विभागमा मनोनीत

2026-06-04 मा प्रकाशित

मेचीनगर । मेचीनगरका ऋषिराज तिम्सिनालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको केन्द्रीय उद्योग तथा वाणिज्य विभागको सदस्य पदमा मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालयले तिम्सिनालाई उक्त जिम्मेवारी प्रदान गरेको हो। रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोट द्वारा हस्ताक्षरित मनोनयन पत्रमा तिम्सिनाले पार्टीको विधान, नीति, सिद्धान्त तथा विभागीय कार्यविधि अनुरूप आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।

उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय तिम्सिनाको अनुभव, योगदान र नेतृत्व क्षमतालाई मूल्यांकन गर्दै उनलाई केन्द्रीय तहमा जिम्मेवारी दिइएको पार्टीले जनाएको छ। उनको मनोनयनले उद्योगी–व्यवसायीका मुद्दा तथा सरोकारलाई नीतिगत तहमा अझ सशक्त रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नवनियुक्त सदस्य तिम्सिनाले आफूलाई दिइएको जिम्मेवारी इमानदारी, सक्रियता र समर्पणका साथ पूरा गर्दै उद्यमशीलता, उद्योग तथा व्यापार क्षेत्रको विकासमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनको मनोनयनप्रति झापाका उद्योगी, व्यवसायी तथा रास्वपा कार्यकर्ताहरूले शुभकामना व्यक्त गरेका छन्। विभाग गणेश पराजुली को संयोजकत्वमा ११ सदस्यीय रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु