जंगली हात्तीको आक्रमणमा मेचीनगरकी एक महिलाको मृत्यु

2026-06-14 मा प्रकाशित

झापा, ३१ जेठ । जंगली हात्तीको आक्रमणबाट मेचीनगर–४ बाहुनडाँगीकी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ।

आज बिहान करिब ५ बजे वडा कार्यालय नजिकै रहेको आफ्नै घरबाट बाहिर निस्कने क्रममा अचानक आएको जंगली हात्तीले उहाँमाथि आक्रमण गरेको थियो।

हात्तीले कुल्चिएर गम्भीर घाइते बनाउँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बाहुनडाँगी क्षेत्रका स्थानीयवासी आक्रोशित बनेका छन्। उनीहरूले जंगली हात्तीबाट हुने जनधनको क्षति रोक्न र नागरिकको सुरक्षाका लागि राज्यले पर्याप्त ध्यान नदिएको गुनासो गरेका छन्।

स्थानीयका अनुसार पछिल्ला दिनहरूमा भारतबाट जंगली हात्तीका हुल नियमित रूपमा बाहुनडाँगी क्षेत्रमा प्रवेश गर्ने गरेका छन्। हात्तीको प्रवेश रोक्न सीमा क्षेत्रमा जडान गरिएको पुरानो विद्युतीय घेराबेरा मर्मतसम्भारको अभावमा जीर्ण र प्रभावहीन बनेको उनीहरूको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु