गौहत्याकोआरोपमा झापामा चार जना पक्राउ

2020-11-21 मा प्रकाशित

दमक । गौहत्या गरेको आरोपमा झापामा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका ७ बस्ने २९ वर्षीय प्रदीप सुवेदी, सोही ठाउँका २० वर्षीय बब्लु अलि, ४२ वर्षीय ढकराज राम दाम र २७ वर्षीय छोटे अलि रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।
प्रहरीले विशेष सूचनाको आधारमा घरमा छापा मारेर उनीहरूको साथबाट १० किलो गाई मासुको फेला पारेको हो । उनीहरूले गाईको बाछो काटेर घरमा मासु लुकाइरहेका थिए । यता पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । उनीहरूलाई गौहत्या गरेको आरोपमा कानुनी कारबाही प्रक्रिया अघि बढाइने डिएसपी थापाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु