काठमाडौंबाट ल्यायो मेची अभियानले ३८ विद्यार्थी झापामा

2020-04-28 मा प्रकाशित

 

झापा,१६ बैशाख । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियानले काठमाडौँको विभिन्न कलेजमा अध्ययनका लागि गएका मेचीनगरका विद्यार्थीहरु विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई आज मंगलबार मेचीनगर ल्याएको छ ।

एस एस ट्राभल्सको सहकार्यमा अभियानले मंगलबार काठमाडौँबाट ३८ जना विद्यार्थीलाई झापा ल्याएको छ । काकडभिट्टाबाट हिजो गाडी पठाएर उनीहरूलाई निशुल्क घर आउने वातावरण बनाइएको मेची अभियानका संयोजक विजय डालमियाले बताए । काठमाडौंबाट ल्याएका विद्यार्थीहरुलाई चारआलीमा ओरालेर उनीहरूको रेकर्ड राखेर घरघर पठाएको उनले बताए ।

उनीहरू होम क्वारेन्टाइनमा बस्ने जनाइएको छ । परिवारसँग भिन्न भएर लामो समय एक्लै बस्दा विद्यार्थीमा निरासा जाग्ने, तनाव हुने र मनोवैज्ञानिक असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गरेर उनीहरूलाई घरसम्म ल्याउने काम गरेको उनले जानकारी दिए ।

काठमाडौंमा भएका मेची अभियानका सदस्यसँगको समन्वयमा विद्यार्थीलाई झापा ल्याइएको हो । मेची अभियानका अग्रज तथा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रहरी र गृहमन्त्री रामबहादुर थापासँग समन्वय गरेर राति ८ः३० गाडी झापा पठाएका थिए । राति शर्मा सडकमा आएर विद्यार्थीलाई बिदाइ गरि झापा पठाएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु