ईटहरीमा गुराँसको एजेन्सी तालिम सम्पन्न , तालिमकैबीच मृत्युदावी भुक्तानीको रकम प्रदान

2020-11-21 मा प्रकाशित

ईटहरी,६ मंसिर । गुराँसलाइफ इन्स्योरेन्स कम्पनीले एक कार्यक्रमकोबीच मृत्युदावी भुक्तानीको रकम प्रदान गरेको छ ।
गुराँसलाइफ इन्स्योरेन्समा २०७६ असारमा ५ लाखको जीवन बीमा गराएका इटहरी ५ निवासी कान्छा श्रेष्ठको बीमा गराएको केहिमहिना पछि बिरामी भएर मृत्युभएको थियो ।

कम्पनीले शनिबार ईटहरीमा आयोजित एजेन्सी तालिमको अवसरपारेर मृतकको श्रीमती रसु श्रेष्ठलाई ५लाख २८ हजारको चेक प्रदान गरेको हो ।कम्पनीका प्रदेश १ प्रमुख गिरधर श्रेष्ठ र कार्यक्रमका मुख्य प्रशिक्षक लेखनाथ पौडेले संयुक्त रुपमा मृतककी श्रीमती रसु श्रेष्ठलाई चेक प्रदान गर्नू भएको थियो । चेक प्राप्त गरेपछि सरु श्रेष्ठले जीवन बीमा प्रति विश्वास बढेको बताउनु भयो । सो अवसरमा कम्पनीका प्रदेश प्रमुख श्रेष्ठले जीवन बीमाको महत्वको बारेका प्रकाश पार्नु भएको थियो । तालिममा सहभागिहरुलाई प्रशिक्षक पौडेलले जीवन बीमाका बिभिन्न योजनाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
कल्पना गुरुङले स्वागत गरेको कार्यक्रमको संञ्चालन रश्मी निरौलाले गर्नु भएको थियो । कार्यक्रममा सामाजिक तथा भौतिक दुरी कायम गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु