झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु ,मृत्यु हुनेको सँख्या ९६ पुग्यो

2020-11-22 मा प्रकाशित

मेचीनगर , ७ मंसिर । झापामा आज कोरोना संक्रमणबाट दुइजनाको मृत्यु भएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार संक्रमणवाट मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं ८ की ७७ वर्षिया चन्द्रमाया सेन्चुरी र मेचीनगर ४ घर भई नगरपालिकामा कार्यरत ४७ बर्षिय गणेश खड्का रहेका छन् ।
बृद्धा सिन्च्यूरीको गएराति ८ बजे घरमै मृत्यु भएको हो । विरामी भएर बिर्तामोडको बिएण्डसी हस्पिटल ल्याइएकी ती बृद्धाको हिजो पिसिआर परीक्षण गरिएको थियो । उनलाई डिस्चार्ज गरी हिजै घर लगिएको थियो । राति उनको रिपोर्ट पोजिटिभ आएको र राति नै मृत्यु भएको नगरपालिकाका स्वास्थ्य शाखाका रोशन भट्टराईले बताए ।
यसैगरि गत मंसिर ४ गते संक्रमण पुष्टि भएका खड्काको पनि गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या जिल्लामा ९६ पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु