प्रधानमन्त्री ओली भोलि ताप्लेजुङ जाने

2020-11-22 मा प्रकाशित

झापा । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको उत्तरी क्षेत्रस्थित नेपाल(चीन सीमा क्षेत्र टिपतालाभञ्ज्याङको निरीक्षणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
यही मंसिर ५ गते प्रधानमन्त्री ओली ताप्लेजुङ जाने कार्यक्रम तय भए पनि पार्टीभित्रको विवादका स्थगित गरिएको थियो ।
यसअघि रोकिएको प्रधानमन्त्रीको भ्रमण भोलि सोमवारका लागि तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।
सत्तारूढ दल नेकपाभित्र पछिल्लो समय देखिएको आन्तरिक किचलोका कारण प्रधानमन्त्रीको पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु