गुराँसको एजेन्सी तालिम ईलाममा सम्पन्न, कम्पनीका इनोभेटर पौडेललाई सम्मान

2020-11-23 मा प्रकाशित

ईलाम,८मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लि ईलाम शाखाको आयोजनामा सोमबार एजेन्सी तालिम सम्पन्न भएको छ ।
कम्पनीका ट्रेनर तथा कम्पनीका इनोभेटर लेखनाथ पौडेलले सहभागिहरुलाई जीवन बीमाको महत्व र आवश्यक्ताका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले नेपालको सन्दर्भमा जीवन बीमा गर्दा एजेन्सीले झेल्नुपर्ने अफ्ठेरो परिस्थिति र त्यसको समाधानका उपायका बारेमा समेत चर्चा गर्नु भएको थियो ।

लकडाउनको अवधिमा बिभिन्न कम्पनीमा १सय पटक तालिम दिन सफल मोटिभेटर पौडेलले सफल अभिकर्ता बन्न बिमितको भावनालाई सम्बोधन गर्न सक्नुपर्ने बताउनु भयो ।
कम्पनीका प्रदश १ प्रमुख गिरधर श्रेष्ठको प्रमुख आतिथ्य रहेको कार्यक्रममा ट्रेनर पौडेललाई यस्तो विषम परिस्थितिमा समेत १सय पटक तालिम दिन सफल भएको भन्दै सम्मान गरिएको थियो । सम्मा कार्यक्रममा केक समेत काटिएको थियो भने खादा ओढाएर प्रदेश प्रमुख श्रेष्ठले सम्मान गर्नु भएको थियो ।


कार्यक्रमको सञ्चालन ईलाम शाखाप्रमुख अर्नुन पोख्रेलले गर्नु भएको थियो

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु