गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष दुगड़द्धारा सपथ ग्रहण

2020-11-23 मा प्रकाशित

झापा,८ मंसिर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका नव निर्वाचित अध्यक्षमा विवेक दुगड़ले आज शपथ ग्रहण गरेका छन् ।मिति २०७७(८(४ मा सम्पन्न दशौं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सोहि मितिमा बसेको नव निर्वाचित संचालक समितिकोे १६२ औं बैठकले दुगड़ सर्वसम्मरुपमा संचालक समितिको अध्यक्षमा चयन भएका थिए ।
बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा ९४० बमोजिम सोमबार बीमा समितिमा उपस्थीत भई एक कार्यक्रमकाबीच बीमा समितिका अध्यक्ष चिरंजीवी चापागाइँ समक्ष बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा ९४० सँग सम्बन्धित अनुसूची १ बमोजिम पद तथा गोपनीयताकोे सपथ लिएका हुन् ।
सो सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई को समेत उपस्थीती रहेको कम्पनी सचिव बालमुकुन्द रुपाखेतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु