काँकरभिट्टामा व्यवसायीहरुको मौन जुलुस

2020-11-25 मा प्रकाशित

काँकरभिट्टा । कोरोना भाइरसको संक्रमण र त्रासका कारण हरेक व्यवसाय ठप्प बनेपछि मेचीनगरका व्यवसायीहरुले बुधबार काँकरभिट्टामा मौन जुलुस प्रदर्शन गरेका छन् । व्यवसायीहरुले काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुका साथै व्यवसाय सञ्चालनमा सहजीकरणको माग गदैं मौन जुलुस प्रदर्शन गरेका हुन । यात्रुहरुमा एकीकृत प्रणाली लागू गर, यात्रु आवगमनमा सहजीकरण गर, बन्द नाका खुला गर, उपेक्षित नाकाबन्दी चाहिन्दैंन, होल्डिङ्ग सेन्टरमा गाडी बुक गर्ने कार्य तत्काल बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्डसहितको जुलुसले पुरानो गाविस रोड, गुरासपथ, शान्ति मार्ग, पुरानो सुपारी लाईन, बाहुनडाँगी रोड, भट्टराई चोक पूर्व प्रगति टोललगायतको परिक्रमा गरेको थियो ।
काँकरभिट्टा बसपार्कबाट दिउसो २ बजेबाट शुरु जुलुस होटल व्यवसायी संघ मेचीनगर र ट्राभल संघ झापाले संयुक्तरुपमा आयोजना गरेको जनाइएको छ ।
जुलुसमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, सुन चाँदी व्यवसायी संघका अध्यक्ष राजेश गहतराजलगायत अन्य व्यवसायमा सम्बद्घ व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु