एनएमसीको चिया किसानभेला सम्पन्न

2020-11-29 मा प्रकाशित

मेचीनगर,१४ मंसिर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसीले चिया किसानहरुको भेला आयोजना गरेको छ । सहकारी संस्थाले आगामी सिजनको सुरुबाटै चिया प्रशोधन सुरुगर्ने भएपछि हरियो चियाको बिषयमा छलफल गर्न किसान भेला आयोजना गरेको हो ।
एनएमसी चिया उद्योग समितिका संयोजक दिलिप सुब्बाको सभापतित्व तथा सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले आफ्ना सदस्यहरुको जीवन स्तर उकास्ने अभियानमा सहकारी अगाडी बढेको बताउनु भयो । उहाँ भन्नुभयो “सदस्यहरुको जीवनस्तर उस्किएनभने एनएमसीको अर्थ छैन् त्यसैले हामी सदस्यहरुको आर्थिक ,शैक्षिक र सामाजिक जीवन स्तर उकास्ने अभियानमा छौ” । किसानभेलालाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले आगामी फागुनको पहिलो साताबाटै उद्योग सञ्चालन हुने र अर्थोडक्स र ग्रीन टी उत्पादन गरी आफ्नै लोगोमा बजारमा चिया पठाईने भएकोले ढुक्कभएर आफनै उद्योगमा हरियो चिया दिन सदस्यहरुलाई अनुरोध गर्नुभयो । सो अवसरमा सहकारी संस्थाका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले अर्थाेडक्स र ग्रीन टी उत्पादनको लागि गुणस्तरीय चिया आवश्यक पर्ने भएकोले सदस्यहरुले सोहि अनुसारको उच्च मूल्य पाउने बताउनु भयो ।

संस्थाका प्रमुखकार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले सहकारी संस्थाले सञ्चालन गर्दै आएका बिबिध कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो । सहकारी संस्थाले हालसम्म बैङ्किङ व्यवसाय, डेरी व्यवसाय, एकीकृत नमुना कृषि फर्म, सहकारी पसल व्यवसाय सुरु गरिसकेको र पाँचौँ व्यवसायको रूपमा चिया व्यवसाय सुरु गर्न लागेको प्रमुखकार्यकारी अधिकृत उप्रेतीले बताउनु भयो । सुरेन्द्रनगर चिया उत्पादक सहकारी संस्था र नेपाल बहुउद्देश्यीय सहकारी संस्था बीच गतबर्ष एकता भए सँगै सहकारीले नयाँ आयामको व्यवसाय सुरु गरेको हो । यसै सिजनबाट चिया उद्योग सञ्चालनमा आउने भएपछि सहभागि सदस्य चियाकिसान समेत उत्साहि बनेका थिए ।
उद्योग समितिका सदस्य डम्बर बरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य कनकबहादुर कार्कीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु