झापाको मेचीनगरमा १५ शैयाको आधारभूत असपताल शिलान्यास

2020-11-30 मा प्रकाशित

काँकरभिट्टा, १६ मंसिर ÷ झापाको मेचीनगर —१० स्थित धुलावारीमा १५ शैयाको आधारभूत अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।
सोमबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा अस्पतालको शिलान्यास गर्नुभयो ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्य लिएको छ । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । ती मध्ये २ सय ५० वटा पालिकामा सोमबार एकसाथ अस्पताल शिलान्यास गर्ने योजना अनुसार मेचीनगरमा १५ शैंयाको अस्पतालको नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।
१ सय ७ वटा स्थानीय तहमा १५ तथा बाकी स्थानीय तहमा ५ शैंयाको अस्पताल बन्न लागेको हो । नीति तथा कार्यक्रमा ५ देखि १५ शैंयाको अस्पताल निर्माण गर्ने लक्ष्य भए पनि सरकारले सवैतिर १५ शैयाको अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ । अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०÷१० लाख बजेट पठाईसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको छ । मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल बन्न लागेको जानकारी दिनुभयो ।
अहिले ७ सय ५३ पालिकाहरुमध्ये १ सय ४ वटामा विभिन्न तहका अस्पताल रहेका छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुईवर्षभित्रमा कम्तीमा १५ शैंयाको अस्पताल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।
मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकाहरुसँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको नगरपालिकाले जनाएको छ । मेचीनगर नगरपालिकाले जग्गा व्यवस्थापन गरेका कारण अस्पतालको शिलान्यास गरिएको हो । जग्गा व्यवस्थापन गरिसकेका स्थानहरुमा सोमबार एकसाथ र अन्यमा एकसाताभित्र अस्पतालको शिलान्यास गरिने छ । आगामी दुईवर्षभित्र काम सम्पन्न गर्ने गरि अब नगरपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ । यो बहुवर्षीय योजना रहका कारण पालिकालाई यसवर्ष आशिंक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, कार्यपालकिा सदस्यहरु कृष्ण कनाल टीकाराम मंग्रान्तीसहित विभिन्न वडाका जनप्रतिनिधिहरु, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीलगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो । निर्माण हुन लागेको आधारभूत अस्पतालको सोमबार मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभयो ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्य लिएको छ । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । ती मध्ये २ सय ५० वटा पालिकामा सोमबार एकसाथ अस्पताल शिलान्यास गर्ने योजना अनुसार मेचीनगरमा १५ शैंयाको अस्पतालको नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीले संयुक्तरुपमा शिलान्यास गर्नुभएको हो ।
१ सय ७ वटा स्थानीय तहमा १५ तथा बाकी स्थानीय तहमा ५ शैंयाको अस्पताल बन्न लागेको हो । नीति तथा कार्यक्रमा ५ देखि १५ शैंयाको अस्पताल निर्माण गर्ने लक्ष्य भए पनि सरकारले सवैतिर १५ शैयाको अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ । अस्थायी अस्पताल सञ्चालनका लागि पालिकामा १०÷१० लाख बजेट पठाईसकिएको र त्यो कार्यान्वयनको चरणमा रहेको छ । मेचीनगर स्वास्थ्य शाखा सहसंयोजक रामनारायण यादवले १८ करोड ६८ लाख २ हजार रुपैयाँको लागतमा अस्पताल बन्न लागेको जानकारी दिनुभयो ।
अहिले ७ सय ५३ पालिकाहरुमध्ये १ सय ४ वटामा विभिन्न तहका अस्पताल रहेका छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुईवर्षभित्रमा कम्तीमा १५ शैंयाको अस्पताल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ ।
मेचीनगर—१० का वडाध्यक्ष सुदय पनेरुको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकाहरुसँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको नगरपालिकाले जनाएको छ । मेचीनगर नगरपालिकाले जग्गा व्यवस्थापन गरेका कारण अस्पतालको शिलान्यास गरिएको हो । जग्गा व्यवस्थापन गरिसकेका स्थानहरुमा सोमबार एकसाथ र अन्यमा एकसाताभित्र अस्पतालको शिलान्यास गरिने छ । आगामी दुईवर्षभित्र काम सम्पन्न गर्ने गरि अब नगरपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ । यो बहुवर्षीय योजना रहका कारण पालिकालाई यसवर्ष आशिंक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ ।
शिलान्यास कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, कार्यपालकिा सदस्यहरु कृष्ण कनाल टीकाराम मंग्रान्तीसहित विभिन्न वडाका जनप्रतिनिधिहरु, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजीलगायत विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु