झापामा आज ४७ जनामा कोरोना संक्रमण पुष्टि

2020-11-30 मा प्रकाशित

झापा । झापामा सोमबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय झापाको फोेकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुरमा १०, विर्तामोडमा ९, कनकाईमा ६, दमकमा ३, मेचीनगरमा २, बुद्धशान्तिमा ३, अर्जुनधारामा २, शिवसताक्षीमा ४, झापा गाउँपालिकामा २, गौरादहमा २ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म झापामा कुल संक्रमितको संख्या ३८६१ पुग्दा २५१५ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या १२३६ रहेकोे छ ।झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११० पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु