पत्रकारको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई प्रेस क्लवको आग्रह

2020-12-02 मा प्रकाशित

मेचीनगर । मेचीनगर प्रेस क्लवले खोज पत्रकार खगेन्द्र घिमिरे र राजु पौडेलमाथि भएको हमलाको निन्दा गर्दै पत्रकारहरुको सुरक्षामा गम्भीर बन्न प्रशासनलाई आग्रह गरेको छ ।
क्लवका अध्यक्ष लक्ष्मी उप्रेती र सचिव जीआर धितालले संयुक्त विज्ञप्ति जारी गर्दै क्वलका सदस्य समेत रहेका पत्रकार घिमिरेमाथि निन्दनीय हमलामा संलग्न कार्यालयका कर्मचारीलाई कार्वाही गर्न जोडदार माग गरेका छन् ।
सञ्चारकर्ममा लागिरहेका बेला घिमिरेमाथि आक्रमण भएको जनाउँदै विज्ञप्तिमा आक्रमणको यस्ता गतिविधिले प्रेस स्वतन्त्रताको धज्जी उडेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा न्यूज २४ टेलिभिजनका पत्रकार राजु पौडेलमाथि भद्रपुर भन्सार कार्यालयमा भएको हातपातको घटनाको समेत भत्र्सना गर्दै दोषीमाथि कार्वाहीको माग गरिएको छ ।
यसैबीच, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले दुबै घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
भ्रष्टाचार, दलाली र अबैध धन्धाको विरुद्ध खुलेर लाग्ने पत्रकारहरुमाथिको आक्रमण बन्द गर्न समेत उनले चेतावनी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु