लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृया सम्पन्न

2020-12-02 मा प्रकाशित

बिर्तामोड,१७ मंसिर । झापाको बिर्तामोडमा लैङ्गिक हिंसाको अवस्था र सरोकारवालाहरुको भूमिका विषयक एकदिने अन्तरकृयासम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत एवीसी नेपाल, महिला सुरक्षा दवाव समूह र इलाका प्रहरी कार्यालय विर्तामोडको आयोजना रहेको कार्यक्रममा सहभागी वक्ताहरुले लैङ्गिक हिंसा अन्त्यका लागि घरैबाट जागरुक हुनुपर्ने तथा आर्थिक सवलीकरणको जरुरी रहेको साझा धारणा राखेकाथिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले हिंसाका घटनामा न्यूनिकरणमा आफू कति प्रतिवद्ध छु भन्ने कुराको आत्मसमिक्षा गर्नुपर्ने बताउनु भएको छ ।
हिंसामा संलग्नलाई कारवाही गराउनका लागि कानून कार्यान्वयनमा सबैको सहयोगी भूमिका हुनुपर्ने हुनुपर्नेमा जोड दिंदै राज्यमन्त्री जगमेरले प्रदेश–१ मा घरेलु हिंसा सम्बन्धी कारवाही सम्बन्धी कानून बनिसकेको जानकारी दिंदै कानून कार्यान्वयनमा प्रदेश सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी मुकुन्द रिजालले हिंसाका घटनामा कानून कार्यान्वयनको प्रतिवद्धता जनाउँदै झापामा जिल्लामा चालु आर्थिक वर्षको वितेको चार महिनामा भएका हिंसाको अवस्थाबारे जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले हिंसा अन्त्यका लागि रोजगारी, शिक्षा, हिंसा विरुद्ध कानूनी सचेतना, स्वाबलम्बी प्रकृतिका कार्यक्रम आवश्यक रहेको सहभागी वक्ताहरुको जोड थियो । साथै हिंसामा परेका महिला तथा बालबालिकाको सुरक्षाका लागि सेफ हाउस, कानून कार्यान्वयमा तदारुकता, समान ज्याला, साइबर क्राइम विरुद्ध सचेतना जगाउन जरुरी औल्याएका वक्ताहरुले हिंसाका स–साना स्वरुपलाई पनि कानून कार्यान्वयन इकाइ र सरोकारवालाहरुले नियाल्नुपर्ने बताएका छन् ।
एवीसी नेपाल झापाका संयोजक कञ्चना ढकाल सिटौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका तर्फबाट हर्कमाया विक, नेपाली कांग्रेसकातर्फबाट भुमादेवी घिमिरे, संघीय समाजवादी फोरकातर्फबाट संगीता रौनियार राप्रपा नेपालका तर्फबाट रञ्जु प्याकुरेल, अधिकारकर्मी दिपक दास, प्रहरी निरीक्षक सपना खड्का, विर्तामोड उद्योग वाणिज्य संघ विर्तामोडका महिला उपाध्यक्ष पार्वता खरेल विमली, सदस्य राधिका चुडाल, वीरता लेडी जेसीजका अध्यक्ष शुष्मा पौडेल, ट्रेड युनियन कांग्रेका केन्द्रीय सदस्य उर्मिला ढकाल, नारी कल्याण संघ झापाका अध्यक्ष प्रेमा भट्टराई, उमा शिवाकोटी, विमला भट्टराई, मेची महाकाली संयुक्त बुहारी आवाज झापा अध्यक्ष शिखा खड्का गणेश लगायतले हिंसा सम्बन्धी आ–आफ्ना धारणा राखेका थिए ।
एवीसी नेपालका सचिव देवीका निरौला बस्नेतले सञ्चालन गरेको कार्यक्रममा उमा शिवाकोटीले स्वागत तथा औचित्यमाथि महिला सुरक्षा दवाव समूहका अध्यक्ष शारदा रिजालले प्रकाश पार्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु