मेचीनगरका सार्वजनिक जग्गा व्यवस्थापनमा जोड

2020-12-03 मा प्रकाशित

मेचीनगर, १८ मंसिर ÷ झापाको मेचीनगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गाहरुको व्यवस्थापन गर्न राष्ट्रिय आवस कम्पनि सकरात्मक देखिएको छ । कम्पनिका महाप्रवन्धक नारायणप्रसाद वास्तोलासहितको बैठकले यस्ता जगामा देखिएका समस्याहरु तत्काल समाधनतर्फ लागन जोड दिएको हो । वैठकमा मेचीनगरक्षेत्रमा रहेका सार्वजनिक जग्गाको स्वामित्व मेचीनगर नगरपालिका र संस्थाहरुलाई हस्तान्तरण गर्ने र केही बसोबासक्षेत्रको वास्तविकताका आधारमा निर्णय गर्ने छलफल भएको छ ।
मेचीनगर नगरपालिका आफ्नो क्षेत्रभित्रको सार्वजनिक सम्पति संरक्षणमा यसअघि देखिनै जुटेको छ । स्थानीय सरकार सञ्चालन ऐन संशोधनसहित ऐन २०७४ को दफा ९७ को उपदफा १ को खण्ड क र ग अनुसार पर्ने यस्तो सम्पतिको संरक्षण गर्ने कानुनी दायित्व नगरपालिकाको हुन्छ ।
मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यको अध्यक्षतामा काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाकक्षमा १ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुडाथोकी, श्रीप्रसाद मैनालीसहित विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधिसहितको वैठक सम्पन्न भएको थियो ।स्थानीय सरकारको हैसियतले यस्ता सार्वजनिक जग्गाका बारेमा देखिएको समस्या समाधानका लागि मेचीनगर नगरपालिकाले मन्त्रालयदेखि राष्ट्रिय आवस कम्पनिसम्म पटक पटक अवगत गराएको नगरप्रमुख आचार्यले जानकारी गराउनुभयो । तात्कालिन उपप्रधान तथा शहरी विकास मन्त्री कमल थापा ग्रामीण आवस कम्पनिका महानिर्देशक उपसचिवलगायतसँग पनि पटक पटक भेट गरी समस्याका बारेमा ध्यानकर्षण गराएको नगरप्रमुख आचार्यको भनाई थियो ।
उपप्रधान तथा शहरी विकास मन्त्री थापाले समस्या समाधानमा आफ्नो तर्फबाट पहल हुने बताएपनि समस्या अझैसम्म ज्यूँ का त्यूँ छ । स्थानीय सरकारभने सक्रियरुपमा लागि रहेको छ । बैठकमा सहभागीहरुले नगरक्षेत्रमा रहेका विभिन्न संघ संस्था नगरपालिकालगायतले भोग चलन गरेको सार्वजनिक जग्गाहरु उनीहरुकै नाममा जग्गाधनी प्रमाण पूर्जा प्राप्त गर्नुपर्ने सुझाँव राखेका थिए ।
यसका लागि राष्ट्रिय आवस कम्पनिकातर्फबाट एकमहिनाभित्र नीति नियम बनाएर समस्याको हल गर्नु वैठकले भनेको छ । यसमा कम्पनिका महाप्रवन्धक नारायणप्रसाद वास्तोला सकरात्मक रहेको बैठकमा सहभागी नेपाली काँग्रेसका सहकारी विभागका केन्द्रीय सदस्य दुर्गाप्रसाद सापकोटाले बताए । राष्ट्रिय आवस कम्पनिको धारणा आएपछि अर्काे बैठक बस्ने छ ।
वैठकमा १ नम्बर प्रदेशसभा सदस्यहरु गोपालचन्द्र बुडाथोकी, श्रीप्रसाद मैनाली, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर वडानम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, वडा सदस्य देविप्रसाद सुवेदी, नेकपाका मेचीनगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस मेचीनगरका सचिव हस्त आङ्गदम्बे, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग राप्रपाका मेचीनगर अध्यक्ष सुशील आचार्य, राष्ट्रिय आवस कम्पनिका इञ्जिनियर हुमप्रसाद श्रेष्ठ, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीसहित विभिन्न वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु