हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजीका लागि राप्रपा झापाले मंसिर २० गते शक्ति प्रर्दशन गर्ने

2020-12-03 मा प्रकाशित

मेचीनगर,१८ मंसिर ।राप्रपा झापाले हिन्दुराष्ट्र पुर्नस्थापना, राजतन्त्र स्थापना र संघियताको खारेजीका लागि मंसिर २० गते शनिबार झापामा शक्ति प्रर्दशन गर्ने भएको छ । राप्रपा झापाले मंसिर २० गते बृहत मोटरसाइकल र्याली मार्फत २० हजार मानिस एकै पटक सडकमा उतार्ने घोषणा गरेको छ ।
¥यालीका बारेमा जानकारी दिने उद्देश्यले काकरभिट्टामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय सचिवालय सदस्य भक्ति सिटौलाले यो मुलुकमा संघियता आवश्यक नरहेको बताउँदै जनदबाबबाट जनमत सृजना गर्दै राजसंस्था स्थापनाका लागि मोटरसाइक र्यालीको आयोजना गरिएको बताउनु भयो । नेता सिटौलाले भन्नु भयो,‘देशको ५३ प्रतिशत बजेट प्रसाशनिक खर्चमा नै सकिने भएकाले यो संघियता खारेज गरी केन्द्रीय शासन र सुदृढ स्थानीय तह बनाउनु नै अबको आवश्यकता हो ।’
अहिलेको सरकार चरम भ्रष्टचारमा ढुबेकाले पनि जनता भ्रष्टचारी बिरुद्ध सडकमा उत्रिने सिटौलाले बताउनु भयो ।
धर्म निरपेक्ष र राजतन्त्र हटाउनु देश हितमा नभएको पछिल्ला शासन ब्यवस्थाले पुष्टि गरेको भन्दै सिटौलाले अब हिन्दुधर्म पुर्नस्थापना र राजसंस्था स्थापनाका लागि आम नागरिकले राप्रपालाई साथ दिने बताउनु भयो ।

झापाको काकरभिट्टाबाट शुरु हुने शनिबारको र्यालीमा दश हजार मोटरसाइकल र ५० भन्दा बढी बसमा सहभागि हुने र्यालीका संयोजक तथा प्रजातान्त्रीक युवक संगठनका केन्द्रीय उपाध्यक्ष धुर्व उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । वहाँका अनुसार कोरोनाको जोखिमलाई मध्यनजर गर्दै एउटा मोटरसाइकलमा एक जना मात्रै सवार हुने र मास्क अनिवार्य प्रयोग गर्नु पर्नेछ । मोटरसाइकलमा सवार हुन नसक्ने र र्यालीमा सहभागि हुन चाहनेलाई स्वास्थ्य सुरक्षाको बिधि अपनाएर बसमा यात्रा गराइने संयोजक उप्रेतीले बताउनु भयो ।
शनिबार अपरान्ह १२ बजे काकरभिट्टाबाट शुरु भएको र्याली बिर्तामोडमा पुगेर समापन हुने उप्रेतीले बताउनु भयो ।
र्यालीको उद्घाटनमा राप्रपाका पुर्व महामन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले सम्बोधन गर्ने कार्यक्रम तय भएको राप्रपा झापा क्षेत्र नं। १ का अध्यक्ष रमेश दाहालले बताउनु भयो । दाहालका अनुसार शनिबारको कार्यक्रम भाषण भन्दा र्यालीमा केन्द्रीत हुनेछ ।
र्यालीको सबै तयारी पुरा भएको र आम मानिसलाई सजिलो हुने गरी ब्यवस्थापन गरिएको राप्रपा मेचीनगरका अध्यक्ष शुशिल आचार्यले पत्रकार सम्मेलनमा बताउनु भयो । र्याली ब्यवस्थीत बनाउने गरी अन्तिम तयारी थालिएको राप्रपा मेचीनगर सचीब चन्द्रप्रसाद निरौलाले बताउनु भयो ।
र्यालीलाई सरकारी पक्षबाट कुनै किसिमको अवरोधको प्रयास भए त्यस्तो अवरोध पन्छाएर अघि बढ्ने र यो जनताको बिरोधलाई रोक्ने प्रयास नगर्न सरकारलाइ राप्रपाका नेताहरुले चेतावनी समेत दिएका छन ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु