मेचीनगरमा महिला हिंसा विरुद्धको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

2020-12-04 मा प्रकाशित

मेचीनगर,१९ मंसिर । लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्घता, व्यक्ति , समाज र सवैको ऐक्यवद्घता’ भन्ने नारा सहित मेचीनगरपालिकामा बिहीबारबाट सुरु भएको महिला हिंसा विरुद्घको दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिका महिला विकास शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुलाई अधिवक्ता कविता शर्माले विविध विषयमा जानकारी गराउनु भएको थियो ।
उहाँले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका बारेमा समेत सहभागीहरुलाई जानकारी गराउनुभयो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान, महिला हिंसाको स्वरुपमा परिवर्तन, हिंसा निवारणका लागि ध्यान दिनुपर्ने विषयवस्तु समेटिएको अवधारणा पत्र प्रस्तुत गर्नुभयो ।अधिवक्ता शर्माले स्थानीय तहमा आएका उजुरीबाट स्थानीय स्तरमा कस्ता प्रकारका लैङ्गिक हिंसा रहेका छन् भनेर हेर्न सहज हुने भन्दैं यसका आधारमा लैङ्गिक हिंसा निवारणका कार्यक्रम बनाउन र परिमार्जन गर्न सहजहुने सहभागीहरुलाई बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा नै विवाद निरुपण हुन सकेको खण्डमा अंगभंग हुने, आत्महत्या गर्नै, हत्या हुने अवस्थासम्म पुग्ने जोखिम न्यून रहने र प्रारम्भिक चरणमै विवाद निरुपणका लागि नजिकको भरपर्दो निकाय स्थानीय तह नै रहेको जानकारी गराउनुभयो ।
महिला हिंसा निवारणमा स्थानीय तहले राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, प्रहरी कार्यालय, महिला सेल अदालत नागरिकस्तरका संघ संस्थासँग हिंसाका घटनामा र महिला सशक्तिकरणका लागि अन्य सम्बन्धित निकायसँग सक्रिय सहकार्य बढाउन रहेको आवश्यकता औल्याउनुभयो । नगरका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले लैङ्गिक हिंसा निवारणमा स्थानीय तहको भूमिका विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकामा हिंसाका घटना कम गर्न कस्तो नीति बनाउने तथा त्यसमा कसरी वजेट विनियोजन गर्ने भन्ने विषयमा समेत चर्चा गरिएको थियो । यस विषयमा नगरपालिका, गैरसरकारी संघ संस्था र वडास्तरीय मेलमिलापसतिका अलग अलग ग्रुप बनाएर छलफल गरिएको थियो ।
नगरपालिकाका महिला विकास निरीक्षक जयन्ती खरेलका अनुसार कार्यक्रममा कार्यपालिकाका सदस्यहरु, वडास्तरीय मेलमिलाप समितिका पदाधिकारी र महिला तथा बालबालिकाकाक्षेत्रमा क्रियाशील संघ संस्थाका प्रमुख प्रतिनिधिसहित २५ जना सहभागी छन् । समापनका अवसरमा महिला जनचेतना केन्द्रकी अध्यक्ष राधा प्रधान कार्की माइती नेपालका गोविन्द घिमिरेले समेत लैङ्गिक हिंसाका बारेमा विचारमा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु