कांग्रेसले २९ गते देशब्यापी विरोध प्रदर्शन गर्ने , झापामा तयारी तीब्र

2020-12-09 मा प्रकाशित

झापा, २४ मंसिर । पछिल्लो समय सरकार अलोकप्रिय बन्दै जानथालेको छ जसका कारण सरकारको विरोधमा देशव्यापी प्रदर्शन सुरु भएका छन् । नागरिक समाजदेखि बिभिन्न दल सरकारको काम प्रभावकारी नभएको भन्दै सडक आन्दोलनमा होमिन थालेका छन् । नेपाली कांग्रेसले समेत सरकार निरन्कुस्ता तर्फ उन्मुख भएको भन्दै आगामी मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको तयारी तीब्र पारेको छ ।
केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शनको तयारी झापामा पनि तीब्र पारिएको हो । प्रदर्शनको तयारीस्वरुप आज झापाका भातृ तथा शुभेच्छुक संघसंस्थाहरुको जिल्लास्तरीय भेला बिर्तामोडमा सम्पन्न भएको छ ।
कांग्रेस झापा मातहत रहेको भातृसंस्था समन्वय समितिका संयोजक देउकुमार थेवेको सभापतित्वमा सम्पन्न भेलाले आ–आफ्नो पहिचान झल्कने झण्डा र ब्यानरसहित प्रदर्शनमा सहभागिता जनाउने निर्णय गरेको छ ।
भेलामा नेपाल महिला संघ झापाकी सभापति सुशिला ढकाल, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय सभापति दीपक तामाङ, नेपाल ट्रेड युनियन कांग्रेस झापाका अध्यक्ष यज्ञप्रताप अधिकारी, नेपाल तरुण दल झापाका सभापति गोपाल तामाङ, नेपाल किसान संघ झापाका अध्यक्ष राजेन्द्र भट्टराई, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली, आदिबासी–जनजाति संघ झापाका अध्यक्ष चन्दन मेचेको उपस्थिति थियो ।
त्यस्तै, दलित संघका केन्द्रीय सदस्य सुन्दरा लुहागुन, झापा अध्यक्ष दलबहादुर विश्वकर्मा, नेपाल मुस्लिम संघका केन्द्रीय सदस्य सर्फरा शेख, झापा अध्यक्ष अमिन अलि शेख, नेपाल शिक्षक संघका अध्यक्ष नेत्र खरेल, नेपाल सांस्कृतिक संघका उपाध्यक्ष सञ्जीव चापागाई, नेपाल भूतपूर्व सैनिक संघका सचिव भगिमान गुरुङ, नेपाल विद्यार्थी संघका सचिव नारायण नेपालको थियो ।
यसैगरी, भेलामा नेपाल निर्माण तथा सम्बद्ध श्रमीक संघ झापाका अध्यक्ष सम्फी दास, नेपाल माछा ब्यापार श्रमीक संघ झापाका अध्यक्ष सोनालाल शाह, नेपाल रिक्सा चालक संघका हसिबु शेख लगायत विभिन्न भातृ तथा शुभेच्छुक संस्थाका केन्द्रीय सदस्य, पदाधिकारी र जिल्ला सदस्यहरुको सहभागिता समेत रहेको थियो ।
प्रदर्शनको तयारीका लागि झापाका १५ वटै स्थानीय तहका १३१ वटै वडामा वडा भेला सम्पन्न भएको छ । कांग्रेस झापाको गत २१ गते सम्पन्न बैठकले वडातहमा खटाएका जिल्ला प्रतिनिधिको सहभागितामा वडा कार्यसमितिको बैठक तथा भेला सम्पन्न भएको छ ।
कनकाई नगरपालिकाको सुरुङ्गाबाट शुरु भई सदरमुकाम केन्द्रीत हुने प्रदर्शनको पूर्व तयारीका लागि बसेको बैठकले सम्पूर्ण क्रियाशील सदस्य तथा आम लोकतन्त्रप्रेमी महानुभावमा सहभागिताका लागि अपिल पनि गरेको छ ।
प्रदर्शनको तयारीका लागि गाउँ, नगर, प्रदेश र क्षेत्रीय समितिको संयुक्त बैठक मंसिर २५ गते हुने कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए । उनका अनुसार मंसिर २७ गते क्षेत्रीय समितिको बैठक सम्पन्न हुनेछ ।
कोभिड–१९ नियन्त्रण, परिक्षण र उपचारमा सरकारले देखाएको उदासिनता, अकर्मण्यता एवम् स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता, भ्रष्टाचारको विरोध, गत मंसिर १७ गते तनहु जिल्लामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि सरकारकै निर्देशनमा भएको अभद्र ब्यवहार र दमनको विरोध, अविलम्ब संसद बैठक बोलाउन लगायतका माग गर्दै देशब्यापी प्रदर्शनको तयारी गरिएको कांग्रेस झापाका सभापति उद्वव थापाले बताए । सदरमुकाम केन्द्रीत हुने विरोध प्रदर्शनमा १५ हजार भन्दाबढीको सहभागिता गराउने लक्ष्यसहित तयारी थालिएको सभापति थापाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु