मरिच, सुपारी, केराउ र छोकडाको आयातमा रोक लगाएपछि पूर्वी नाकाबाट ती वस्तुको आयात शुन्य , मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित

2020-12-09 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा, २४ मंसिर ÷ नेपाल सरकारले सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि पूर्वी काँकरभिट्टा नाका भएर चालु आर्थिक वर्ष २०७७÷ ०७८ को पहिलो चौमासिक अवधिमा ती वस्तुको आयात शुन्य छ । जस्ले गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाको राजस्व सकंलन समेत प्रभावित भएको छ ।
समुद्रपारका मुलुकबाट नेपाल आयात भई अनधिकृत रूपले भारत निकासी हुने वस्तुमध्ये यी ४ वटा मुख्य कृषिजन्य वस्तुको आयातमा सरकारले २०७६ चैत १६ बाट तत्कालका लागि रोक लगाएको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
कार्यालयको तथ्याङ्क शाखाले दिएको जानकारी अनुसार हरियो मटर (केराउ) बाहेक बाकी तीनवटा कृषिजन्य वस्तुको आयात शुन्य छ । सरकारले निर्णय गर्नुभन्दा पहिले एलसी खोलिएका मरिच, केराउ, सुपारी र छोकडाको पैठारीमा रोक नलगाउने व्यवस्था गरे अनुसार हरियो मटर (केराउ) बाहेक बाकी तीनवटा कृषिजन्य वस्तुको आयात भइसकेको तथा हरियो मटर (केराउ) सरकारी निर्णय अघिकै एलसीबाट आयात भएको भन्सार अधिकारीहरुको भनाई छ । सरकारले निर्णय गर्नुभन्दा अघि एलसी खोलिएका, सिपमेन्ट भएका वा डिएपी र टीटीमा आयात गर्न लागिएका यस्ता वस्तुको पैठारीमा रोक लगाउन नपाईने व्यवस्था थियो ।
चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर ४ लाख २ हजार ५ सय ८७ रुपैयाँ मुल्य बराबको १० लाख ३ हजार ९ सय ९५ केजीएम हरियो मटर (केराउ) आयात भएको छ । सो वापत कार्यालयले ६ लाख ३ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७६÷ ०७७ को यहि अवधिमा यो नाका भएर १९ करोड २६ लाख १२ हजार ४ सय ७९ रुपैयाँ मुल्य बराबरको ४६ लाख ५ हजार ४ सय १० केजीएम हरियो मटर (केराउ) आयात गर्दा मेची भन्सार कार्यालय काँकरभिट्टाले १ करोड ६० लाख २६ हजार २ सय ३९ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७६÷ ०७७ को यहि अवधिमा यो नाका भएर ११ करोड २७ लाख ८४ हजार ९३ रुपैयाँ मुल्य बराबरको ९ लाख ४ सय ८० केजीएम सुपारी आयात भएको थियो । सो वापत कार्यालयले ६ करोड ९१ लाख १३ हजार १ सय १९ रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर सुपारीको आयात ठप्प हुँदा कार्यालयको राजस्वमा पनि गम्भीर धक्का पुगेको प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कुल राजस्वको करिव ८ देखि १० प्रतिशत हिस्सा सुपारीले ओगटेको थियो ।
यसैगरी, अघिल्लो आर्थिक वर्ष २०७६÷०७७ को यहि अवधिमा यो नाका भएर २४ करोड ७ लाख ६० हजार ८ सय १० रुपैयाँ मुल्य बराबरको ५८ हजार केजीएम मरिज नेपाल आयात हुँदा ८८ लाख १४ हजार ८ सय ५० राजस्व संकलन गरेको थियो भने ३ करोड ६८ लाख ६६ हजार २सय ८ रुपैयाँ मुल्य बराबरको ४ लाख ३७ हजार ३ सय ५० केजीएम छोकडा आयात भएको थियो । त्यस वापत कार्यालयले १ करोड ४ लाख ६२ हजार २ सय ७८ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
तर, चालु आर्थिक वर्ष २०७७÷०७८ को साउनदेखि कात्तिकसम्म पहिलो चौमासिक अवधिमा काँकरभिट्टा नाका भएर यी दुवै कृषिजन्य बस्तुको आयात ठप्प छ । केही महिना नेपालमा सुपारी, मरिच, केराउ र छोकडा नभए पनि कुनै असर नपर्नै भन्दैं आयात रोकिएको हो । व्यवसायीहरुले नोवल कोरोना भाइरस कोभिड १९ का कारण
नेपालको पर्यटन उद्योग नराम्ररी खस्किए बताए पछि उद्योगका लागि कच्चा पदार्थका रुपमा मरिज आवश्यक पर्ने जिकिर गरे लगत्तै मरिजको आयात फूकुवा भएको भन्सार अधिकारीहरुको छ । शुरुमै सरकारले मरिच, सुपारी, केराउ र छोकडाको आयातमा तत्कालका लागि रोक लगाएपछि आयातकर्ताले विभिन्न खाले प्रतिक्रिया व्यक्त गरेका थिए ।
सरकारले चार मुख्य वस्तुको आयातमा रोक लगाएर नेपालमा भारतीय मुद्राको अभाव गराउन खोजेको आरोप व्यवसायीहरुले लगाएका थिए । सरकारले नेपालमा २ वर्षका लागि पुग्ने केराउ, मरिच, छोकडा र सुपारी रहेको भन्ने जिकिर गरको थियो । तर व्यवसायीहरुले त्यसमा सत्यता नभएको भन्दैं टिप्पणी गरेका थिए । नेपाल सरकारले रोक लगाइएका मालवस्तु नेपालबाट भारततर्फ नै जान्छन् भन्ने कुरा सवैमा अवगत नै छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु