बिर्तामोडमा कानुनी शिक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

2020-12-10 मा प्रकाशित

विर्तामोड, २५ मंसिर । नारी सञ्चार गृह झापाको आयोजनामा ‘लैङ्गिक हिंसाविरुद्धको कानुनी साक्षरता शिक्षा’ सम्बन्धी एक दिने प्रशिक्षण सम्पन्न भएको छ ।
विर्तामोड नगरपालिका–५को आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा नेपाल बार एशोसिएसन झापाकी सदस्य तथा अधिवक्ता देवी निरौलाले प्रशिक्षण दिएकी थिइन् ।
देवी माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभ्य समाज निर्माणमा हिंसा न्यूनीकरण आवश्यक भएको हुँदा सरोकारवाला निकायहरु चनाखो भएर लाग्नुपर्ने बताए ।
उनले समाजमा हिंसा घट्नुको साटो बढिरहेको बताउँदै यसको न्यूनीकरण गर्न सचेतना अभिवृद्धिका कार्यक्रम, कानुनी शिक्षा, महिलाको आर्थिकस्तर बृद्धिका कार्यक्रमहरु अझै पनि आवश्यक रहेको हुँदा नागरिक समाज, स्थानीय सरकार, प्रहरी प्रशासन र सञ्चारकर्मी एक ढिक्का भएर लाग्नुपर्ने बताए ।
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको समापनको अवसरमा आयोजित कार्यक्रमको औचियमाथि प्रकाश वडा सदस्य डीआर कडरियाले पारेका थिए ।
संस्थाकी अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रेजिना गौतम र सञ्चालन सचिव भूमिका सुब्बाले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु