गैंडाको खागसहित ५ जना पक्राउ

2020-12-11 मा प्रकाशित

काठमाडौं । पछिल्लो समय समाजमा अपराधिक क्रियाकलप मौलाउँदै गएको छ । चोरी , हत्या र बलत्कारका घटना हरेकदिन बढ्दो छ । भने अवैध कारोवार गरेर पैसाकमाउन चाहने गिरोह त्यतीकै सक्रिय छन् । प्रहरीले शुक्रवार यस्तै कार्यमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको स्वयम्भुबाट गैडाको खागसहित ५ जना पक्राउ गरेको छ । ।
महानगरीय अपराध महाशाखाले दिएको जानकारी अनुसार संरक्षित बन्यजन्तु गैंडाको खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं महानगरपालिका वडा नम्बर १५ सवयम्भू किमडोलबाट २२ वर्षिय एक युवतीसहित ५ जनालाई पक्राउ गरेको हो ।
यसरी पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २३ झोंझेका ४१ वर्षिय रिकेश शाक्य, ३५ वर्षिय सुरेश शाक्य र अनिल श्रेष्ठ साथै नुवाकोट जिल्ला मेघाङ गाउँपालिका वडा नम्बर ६ का २६ वर्षिय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षिया मुना तामाङ रहेका छन् ।
प्रहरीले दिएको जानकारी अनुसार उक्त समूहले गैंडाको खाग बिक्रि वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन(२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु