काँग्रेसले गर्याे र्यालीको रुट परिवर्तन अव सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्याली हुने

2020-12-11 मा प्रकाशित

झापा, २६ मंसिर । नेपाली कांग्रेस झापाले यहि मंसिर २९ गते गर्ने भनिएको मोटरसाइकल र्यालीको रुट परिवर्तन गरेको छ ।
कांग्रेस झापाको आज बसेको बैठकले सुरुङ्गादेखि बिर्तामोडसम्म मात्र मोटरसाइकल र्यालीसहितको आमसभा गर्ने निर्णय गरेको छ ।
यसअघि सुरुङ्गादेखि बिर्तामोड हुँदै झापाको सदरमुकाम चन्द्रगढीसम्म मोटरसाइकल र्याली गरेर त्यहिँ आमसभा समापन गर्ने निर्णय गरेको थियो ।
सुरुङ्गादेखि बिर्तामोडसम्मको मोटरसाइकल र्याली बिर्तामोड स्थित सुगम पेट्रोलपम्प छेउको खालि मैदानमा आमसभा गरेर समापन गरिने कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।
सोमबार बिर्तामोडमा हुने बृहत मोटरसाइकल र्यालीसहितको आमसभामा कांग्रेसका सहमहामन्त्री डा।रामशरण महतको प्रमुख आतिथ्यता रहने उनले बताए ।
केन्द्रीय निर्देशन अनुरुप देशभरका ७७ वटै जिल्लामा गरिने प्रदर्शन अन्तरगत झापाको सदरमुकाम चन्द्रगढीमा गरिने योजना थियो । तर, झापाको कांग्रेस पार्टीले सुरक्षा लगायतको कारण देखाएर रुट परिवर्तन गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु