प्राविधिक र गुणत्मक शिक्षा आजको आवश्यक्ता – शिक्षा मन्त्री पोख्रेल

2020-12-12 मा प्रकाशित

इटाभट्टा २७ मंसिर ।शिक्षा विज्ञान तथा प्रवधि मन्त्री गिरिराज मणी पोख्रेलले देशमा दक्ष र उच्च स्तरीय जनशक्ति उत्पानको लागि प्राविधिक र गुणत्मक शिक्षा आवश्यक रहेको बताएका छन् । उनले प्रविधिलाई आत्मसाथ गर्न नसक्दा नेपालको शैशिक क्षेत्रले गति लिन नसकेको भन्दै शिक्षालाई बैज्ञानिक व्यवहारीक बनाउँन सवै पक्ष लाग्नु पर्ने बताए ।
मेचीनगर ८ स्थित आदर्श माविको पुस्तकालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पोख्रेलले सो कुरा बताएका हुन । विद्यालय परिसरमा १८ लाखको लगानीमा निर्माण भएको पुस्तकालयको आज शिक्षा मन्त्री पोख्रेलले समुद्घाटन गरेका हुन् । ।
देशमा रानीतिक क्रान्ति सफल भएपनि शिक्षामा अझै क्रान्ति हुन नसकेको बताउँदै मन्त्री पोख्रेलले शिक्षकले अब कक्षा कोठाबाटै परिवर्तन र सुधारका लागि पहल गर्नुपर्नेमा जोड दिए ।
देशभर २९ हजार सामुदायिक गरी ३५ हजारको हाराहारीमा विद्यालयहरु रहेको बताउँदै मन्त्री पोख्रेलले ‘थिन्क ग्लोबल्ली–ए्याक्ट लोकल्ली’को अवधारण अनुरुप विश्वभर भएका प्रविधिलाई स्थानीयस्तरमा उतार्न सक्नु पर्नेमा जोड दिए ।
गुणात्मक शिक्षाको प्रत्याभुत गराउनु अबको पहिलो मुद्धा भएको भन्दै मन्त्री पोख्रेलले सोको लागि ब्यवस्थापनमा ध्यान दिन शिक्षक तथा विद्यालयहरुलाई आग्रह गरेका छन् ।
घोकाँउने शिक्षा नभई अबको शिक्षाको मानक भनेको प्रविधि मैत्री एवं ब्यवसायीक तथा आत्मनिर्भर शिक्षा प्रदान गर्ने गरी शिक्षकहरु रुपान्तरण हुनु पर्ने भन्दै मन्त्री पोख्रेलले २०८५ सालसम्ममा सामुदायिक स्कुललाई सबल बनाउँने लक्ष्य सरकारले लिएको बताए ।
सार्वजनिक विद्यालयले धनी गरीबको खाडल कम गर्ने र राष्ट्रिय भावना जगाउँने काम गर्ने भन्दै मन्त्री पोख्रेलले सार्वजनिक शिक्षालाई राम्रो बनाउँन स्थानीय तहले अब आफ्नो पालिका भित्र रहेका विद्यालय र प्रध्यानाध्यापकहरुसंग कार्यसम्पादन सम्झौता गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिशिष्ट अतिथि मेचीनगर कार्यबाहक प्रमुख मिना पोख्रेल उप्रेतीले स्थानीय सरकारले शिक्षालाई प्राथमिकतामा राखर काम गरिहेको बताईन्
प्राविधिक शिक्षामा जोड दिदैं मेचीनगर नगरपालिकाले पोलिटेक्निक इनिष्टिच्युट सञ्चालन गरेको बताउँदै नगर उपप्रमुख उप्रेतीले संघीय सरकारबाट सहयोगको अपेक्षासहित माग पत्र पेश बताईन् ।
सो अवसरमा संघीय सांसद कुमारी मेचे, प्रदेश सांसदहरु श्रीप्रसाद मैनाली, राधा थापा, नेकपा प्रदेश १ कमिटि सदस्य ज्योतीसिंह दर्लामी, शिक्षक संगठनका नेतृत्व वर्ग तथा स्थानीय जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्षता विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रेवन्तराज पोख्रेलको सभापतित्व रहेको कार्यक्रममा ।
विद्यालयका प्रध्यानाध्यापक कृष्ण पुरीले विद्यालयको तर्फबाट मन्त्रालयसंग प्रस्तुत गरिएको माग पत्र वाचन गरेका थिए ।
शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पोख्रेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक लम्बोदर पौडेलले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु