आर्थिक समृद्घिको आधार सहकारी .सचिव भण्डारी , मखमलीको १२ औं वार्षिक साधारण सभामा सम्मान

2020-12-12 मा प्रकाशित

मेचीनगर÷ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड झापाका सचिव लिलाप्रसाद भण्डारीले सहकारीको आर्थिक पक्षलाई चलायमान बनाउँदै स्वास्थ्य सेवालाई प्राथमिकता दिएर फिजियोथेरापी सेवा सञ्चालन गर्नु मेचीनगरकै लागि गौरवको विषय भएको बताए । आर्थिक पक्षलाई चलायमान बनाई राख्न कर्मचारी वर्गले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन गर्न संस्थाले कुनै कसर बाँकी नराखेको धारणा राखे ।
काँकरभिट्टास्थित मखमली महिला बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन । बताएका हुन् ।
सदस्यहरुको आर्थिक समृद्घिको आधार सहकारी भएको बताउँदै कार्यक्रमका प्रमुख अतिथि भण्डारीले भने­‘वर्तमान विषम परिस्थितिमा पनि संस्थाको आर्थिक पक्षलाई धरासायी हुन नदिन सदस्य तथा कर्मचारीले खेलेको भूमिका महत्वपूर्र्ण रहेको भन्दै प्रशंसा गरेका थिए ।’
संस्थाकी अध्यक्ष एवँ कार्यक्रमकी सभापति राधा प्रधान कार्कीले सभाको खुल्ला सत्रमा सहकारीले स्वास्थ्य सेवालाई ध्यानमा राखेर कार्यालय भवनमै फिजियोथेरापी सेवा सञ्चालन गर्न १० लाख रुपैयाँ लगानी गरेको बताईन् ।
संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष कार्कीले भनिन्­‘यो सेवालाई नियमित रुपमा सञ्चालन गर्न मेचीनगर नगरपालिकाले यसवर्ष १ लाख र मेचीनगर ६ नम्बर वडा कार्यालयले ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।’
सो अवसरमा विशिष्ट अतिथि मेचीनगर ६ नम्बर वडा कार्यालयका सदस्य राजकुमार श्रेष्ठ, समाजसेवी बिना तामाङ, आधुनिक बचत तथा ऋण सहकारी संस्थाका सचिव कमल थापा, मेचीनगर ब्यूटी पार्लर संस्थाकी अध्यक्ष चन्दा राईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
साधारण सभाको सन्दर्भ पारेर संस्थाले उत्कृष्ट बचतकर्तातर्फ मल्लिका शर्मा खरेल, उत्कृष्ट कर्मचारीतर्फ बिना लिम्बू र ज्येष्ठ नागरिकतर्फ बालकुमारी नेम्बाङलाई नगद राशीसहित सम्मान तथा पुरस्कृत गरेको छ ।
मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाका लेखा समिति संयोजक दुर्गाबहादुर लुईंटेललगायतको आतिथ्यता रहेको सभाको उद्घाटन सत्रमा स्वागत उपाध्यक्ष भुवन सुब्बा र सञ्चालन सदस्य सीता गुरुङले गरेकी थिईन् ।
सहकारीको सभा कक्षमा आयोजित बन्द सत्रमा संस्थाको वार्षिक प्रतिवेदनसहित अन्य एजेण्डामाथि छलफल भई सर्वसम्मत पारित भएको लेखा समिति सदस्य मणिकुमार लिम्बूले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु