एनएमसीको २८ औ वार्षिक साधारण सभा सम्पन्न

2020-12-12 मा प्रकाशित

डम्बर बराल
मेचीनगर ,२७ मंसिर ।नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको को २८ औ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । एनएमसी डेरी उद्योग परिसरमा आयोजित साधारण सभाको उद्घाटन् प्रदेश सांसद श्री प्रसाद मैनालीले गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि सांसद मैनालीले एनएमसीले सदस्यहरुको हितलाई ध्यानमा राख्दै बहुआयामिक कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको भन्दै सहकारीको प्रशंसा गर्नु भयो । २०५० सालमा स्थापित एनएमसी सहकारी देशमै नमुना सहकारीको रुपमा स्थापित भएको उहाँको भनाइ थियो ।

कार्यक्रमकी विशेष अतिथि मेचीनगर कार्यबहाक नगर प्रमुख मिना उप्रेतीलेस्थानीय सरकारले गर्नुपर्ने काम एनएमसीले गरिरहेको भन्दै आगामी दिनमा एनएमसी सँग सहकार्य गरेर अघि बढने बताउँनु भयो । सदस्यहरुको जीवन स्तर उकास्न एनएमसीले कृषि क्षेत्रमा समेत नमुना काम गरिरहेको भन्दै नगर उपप्रमुख उप्रेतीले व्यवसायिक कृषि उत्पादनमा जुट्न सवै सँग आग्रह गर्नुभयो । नेपालको कुल ग्राहस्त उत्पादनमा ५ प्रतिशत सहकारीको योगदान रहेको र ६५ लाख मानिस सहकारीमा आवद्घ रहेको उहाँको भनाई थियो ।
सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष उप्रेतीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष उप्रेतीले आफ्ना सदस्यहरुको हितलाई ध्यानमा राखेर सहकारीले बिभिन्न क्षेत्रमा लगानी गरिरहेको बताउँन’ भयो । अध्यक्ष उप्रेतीले एनएमसी डेरी सञ्चालनमा आएपछि दुधको प्रतिष्पर्धी बजार सिर्जना भएको र सदस्यहरुले दुधको उचित मुल्य पाउन सफल भएको उहाको भनाई थियो । एकिकृत नमुना कृषि परियोजनाको बारेमा चर्चा गर्दै अध्यक्ष उप्रेतीले सदस्यहरुलाई व्यवसायिक कृषि उत्पादनमा लाग्न यसले प्र्रेरीत गर्ने बताउँनु भयो । सहकारीले चौथो व्यवसायको रुपमा एनएमसी सहकारी पसल सञ्चालनमा ल्याएको र यसै बर्ष १५ वटा सहकारी पसल पुर्याउने लक्ष रहेको तथा पाँचौ व्यवसायको रुपमा चिया व्यवसाय रोजेको र आगामी सिजनबाटै तयारी अर्थाेडक्स र ग्रीन टी उत्पादन गरी बजारमा पठाउने योजनाका साथ काम अधि बढेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा बैंड्किङ व्यवसाय प्रमुख ठाकुर प्रसाद सिवाकोटीले साधारण सभाको मोडलकाबारेमा प्रकाश पार्नु भएको थियो । भने लेखा प्रतिवेदन लेखा सुपरीवेक्षेण समिति संयोजक विष्णु गौतमले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जिल्ला सहकारी संघकी सदस्य दुर्गा खतिवडा , मेचीनगर सहकारी समन्वय समितिका संयोजक हिम्मत क्षेत्री लगायतले बोल्नु भएको थियो ।

साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारीलाई समेत सम्मान गरेको छ । यसरी सम्मनित हनेहरुमा दीर्घ सेवा उत्कृष्ट कर्मचारीको रुपमा विष्णु पौडेल , वर्ष उत्कृष्ट कार्यलय प्रमखको रुपमा प्रकाश पौडेल , बर्ष उत्कृष्ट कर्मचारीको रुपमा सुबोध बुढाथोकी र बर्ष उत्कृष्ट बजार प्रतिनिधिको रुपमा यादव थापालाई सम्मान गरेको छ । सम्मानित बजार प्रतिनिधि थापालाई १० हजार नगद सहित सम्मा पत्र तथा अरु तीनजनालाई १५ हजार नगद तथा सम्मा पत्र प्रदान गरिएको थियो ।। वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोईरालले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी उप्रेतीले गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु