बिर्तामोडमा कांग्रेसको विरोधसभा

2020-12-14 मा प्रकाशित

बिर्तामोड । नेपाली कांग्रेसका सहमहामन्त्री डा।प्रकाशशरण महतले बर्तमान कम्युनिष्ट सरकार निरन्कुशतातर्फ उन्मुख बन्दै गएको र चरम भ्रष्टचारको दलदलमा फसेको आरोप लगाएका छन् ।
नेपाली कांग्रेस झापाले बिर्तामोडमा आयोजना गरेको बृहत विरोध सभालाई सम्बोधन गर्दै नेता महतले सो कुरा बताएका हुन ् । वर्तमान सरकारले नेपाली जनताको चहाना पुरा गर्न नसक्ने दावीगरे ।
देशभर आज कांग्रेसले सरकारको विरोधमा सभाहरु आयोजना गरेको बताउँदै उनले अबको निर्वाचनबाट जनताले कांग्रेसलाई सरकारमा पुर्याउने बताएका छन् । नेता महतले वर्तमान कम्युनिष्ट सरकारले कुरा धेरै , काम थोरै गरेको आरोप लगाएका छन् । सरकार भ्रष्टाचार , अनियमिततामा दौडिएको बताउँदै उनले जनताको काममा ध्यान नदिएको दावी गरे ।
हरेक लगानीमा सरकार मोलतोल गरिरहेको उनको आरोप छ । कम्युनिष्ट पार्टीले सपना बाँडेर मात्रै निर्वाचन जितेको बताए । उनले प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड–नेपाल समूहले भ्रष्टाचार बारे लिखित नै बुझाएको सम्बोधनका क्रममा भनेका छन् । महतले भने, – सत्ता नपाउने भएपछि प्रचण्ड–नेपाल समूहले लिखित बुझाएका हुन् । जुन मुद्दा कांग्रेस उठाउदै आएको थियो, त्यो बुँदा प्रचण्ड–नेपाल समूहले अध्यक्ष ओलीलाई बुझाएको उनको भनाई छ ।
सोहि विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस नेता केशव कुमार बुढाथोकीले कम्युनिष्ट सरकारले संविधानको संरक्षण गर्न नसकेको भन्दै अब संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताए ।

उनले मुलुकमा अर्को कुनै व्यवस्थाको कल्पना गर्न नसकिने बताएका छन् । ‘मुठ्ठीभरको जुलुस निकालेर देशमा व्यवस्था परिवर्तन गर्न सकिदैन’, – नेता बुढाथोकीले भने । उनले राजा कतै नगएको भन्दै राजा आउ भनिरहनु नपर्ने बताए । उनले भने– राजा कहाँ गएका छन् र रु आफ्नै घर सम्हाल्न नसक्नेले देश बनाउन सक्दैनन् । जिल्लाका १५ वटै पालिकाबाट र्याली गर्दै आएका कांग्रेस कार्यकर्ताले कम्युनिष्ट सरकार विरुद्ध नारा लगाएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु