नाका खोल्न गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीद्वारा हस्तक्षेप

2020-12-16 मा प्रकाशित

मेचीनगर । काँकरभिट्टा नाका खोल्नु पर्ने भन्दै गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
पूर्वी नाकालाई सहज बनाउनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका मेचीनगरका होटेल तथा पर्यटनसहित अन्य व्यवसायीहरूले बुधबार काँकरभिट्टा बसपार्कमा यातायात बन्द गरेर प्रर्दशनमा उत्रिएको थियो । कोणसभा हुँदाहुँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख राजेन्द्र पोख्रेलसहित सशस्त्र प्रहरीले कोणसभामा बिथोल्दै यातायात सुरु गरेको थियो । प्रहरी दमन गर्ने शैलीमा प्रस्तुत भएकोप्रति होटेल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार गोपाल श्रेष्ठले आपत्ती जनाएका छन् ।
यस अघि पनि विभिन्न संघले नाका खोल्नुपर्ने माग सहित बिरोध सँगै हस्ताक्षर अभियान संकलन गरिसकेका छन् । कोभिड १९ को संक्रमण देखाएर लामो समयदेखि सरकारले गरेको सिमाबन्दका कारण पर्यटकको आवागमन ठप्प भएको जसका कारण नगरका हरेक व्यवसायीहरूले लाखौँ आर्थिक व्ययभार व्यहोर्नु परेको भन्दै अब सुरक्षा सावधानी अपनाएर पर्यटकको आवागमन सहज बनाउन नाका खुला गर्नुपर्ने माग उनीहरूको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु