महेन्द्रद्वारको अध्यक्षमा पुनः दाहाल

2020-12-16 मा प्रकाशित

मेचीनगर, १ पुस ।महेन्द्रद्वार सहकारी संस्थाको आगामी कार्यकालका लागि पुनः अध्यक्षमा राजकुमार दाहाल ९राजु०लाई सर्वसम्मत चयन भएका छन् ।
मेचीनगर–६ स्थित संस्थाको कार्यालय परिसरमा मंसिर ३० गते बसेको नगरका राजनीतिक दलका प्रमुखहरुको छलफलले अध्यक्षमा दाहालसहित नयाँ कार्यसमिति चयन गरेको हो ।
४ वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा युद्वराज ओली तथा सदस्यहरुमा कुन्दन निरौला, करुण अधिकारी, प्रकाश ढुंगाना, सिता कार्की, अस्मिता दाहाल, धनमाया पराजुली, सुन्दरी श्रेष्ठ, धनकुमार राई, यदुराम भट्टराई, हरि संग्रौला र इमादेवी पोखरेललाई सर्वदलिय छलफलले चयन गरेको छ ।
त्यसैगरी लेखा समिति संयोजकमा गिरीराज धमला तथा सदस्यमा देवेन्द्र शिवाकोटी चयन भएका छन् । तीनजना लेखा समितिमा एकजना सदस्य पछि थप गरिने जनाएको छ ।

सर्वदलिय छलफलमा नेकपाका जिल्ला सदस्य डिल्लीराम घिमिरे, मेचीनगर अध्यक्ष माधव अर्याल, नेपाली काँग्रेसका नगर सभापति इन्द्रबहादुर बुढोथोकी, राप्रपाका नगर अध्यक्ष शुशिल आचार्य, मालेका नगर अध्यक्ष बद्रीप्रकाश उप्रेती, समाजवादी पार्टी नेपालका नगर अध्यक्ष ओमप्रकाश खापुङ लगायतको सहभागिता रहेको थियो ।
गत मंसिर २३ गते संस्थाको ३१औँ बार्षिक साधारण सभाले मंसिर महिनाभित्र निर्वाचन सम्पन्न गर्ने गरि जिल्ला सहकारी संघ झापाका सहसचिव भवानीप्रसाद दंगालको संयोजकत्वमा डिल्लीराम घिमिरे, सुरेन्द्र बुढाथोकी, शुशिल आचार्य र केवलराम राई सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु