छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न मेचीनगरमा आवास तथा उपचार गृह सञ्चालन

2020-12-17 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा, २ पुस ÷ झापाको मेचीनगरमा छाडा चौपाया र अन्य जीवजन्तुको हेरचाह र संरक्षण गर्न आवास तथा उपचार गृह सञ्चालन गरिएको छ ।
मेचीनगर—६ स्थित रमाइलो गाउँमा ‘होप फर एनिमल्स नेपालले’ सञ्चालनमा ल्याएको आवास तथा उपचार गृहको बिहीबार एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका वडानम्बर— ६ का वडाध्यक्ष ललितबहादुर तामाङ् , इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेल, रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष कृष्णकान्त खनियाँ काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका कोषाध्यक्ष दिलीप सुवेदीले संयुक्तरुपमा गर्नुभएको थियो ।
विभिन्न कारणले रोगी, बिरामी, असहाय, अशक्त, तथा घाइते भएका वन्यजन्तुको उपचार तथा व्यवस्थापनका लागि गृह सञ्चालनमा ल्याईएको ‘होप फर एनिमल्स नेपाल’ का अध्यक्ष डक्टर मनिषा सुवेदीले बताउनुभयो । उहाँले अहिले गृहमा सामुदायिक कुकुर, सर्प र विरालो राखिएको जानकारी दिनुभयो ।
‘ ‘होप फर एनिमल्स नेपालले ’ १८ अक्टोवरदेखि काम गरिरहेको छ ’ अध्यक्ष डक्टर सुवेदी भन्नुभयो—‘ हामीले पहिलो चरणमा करीव सात सय बढी सामुदायिक कुकुरहरुलाई हरियो वेल्ड लगाउने काम गर्यौ । जस्ले गर्दा रातको समयमा टाढैबाट कुकुरको पहिचान हुन सक्ने र सडमा जताभावीरुपमा छाडीएका सामुदायिक कुकुरका कारण सडक दुर्घटना कम होस भन्ने उद्घेश्यले यसो गरियौं ।’ त्यसपछि मानिसलाई गास र वासको आवश्यकता पर्छ त्यसरी नै जनावरलाई पनि खान र वस्न पाउनु पर्छ भन्ने उद्घेश्यले १५ दिनसम्म हामी सवै जनावारलाई खानाको व्यवस्था गरियौ । गासको व्यवस्था भएपछि अहिले आवासको व्यवस्था गरेको उहाँको भनाई छ । छाडा र वेवारिसे चौपाया तथा विभिन्न कारणले घाइते र रोगी भएका जनावरलाई तत्काल उद्घार गरी उनीहरुलाई उपचार गर्नका लागि हाल गृहमा तीनजना पशु चिकित्सकको व्यवस्था मिलाइएको छ । सकेसम्म गृहमै उपचार गर्ने गृहमा उपचार सम्भव नभए सुविधा सम्पन्न पशु अस्पताल र विशेषज्ञकहाँ आफै लिएर जाने गृहका पशु चिकित्सक सुशान्त ढकालले बताउनुभयो ।
रोगी वा घाइते जनावरलाई उपचार पछि उनीहरुकै बासस्थानमै लगेर छाडिने उहाँको भनाई छ । अहिले गृहमा आवश्यक उपकरण तथा औषधिको अभाव रहेकाले स्थानीय सरकारले सहयोग गरिदिन आग्रह गर्नुभयो ।
मेचीनगर नगरपालिका वडानम्बर—६ का वडाध्यक्ष ललितबहादुर तामाङ्ले मानिसको जस्तै पशुको पनि अधिकारी रहने भएकाले पशु अधिकारको रक्षा गर्नु मानवजातिको कर्तव्य रहेको बताउनुभयो । यसले गर्दा सडमा देखिने सामुदायिक कुकुरको आतंक कम हुने, सडकमा छाडीएका चौपायाका कारण हुने दुर्घटना न्यूनिकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु