महेन्द्रद्वार सहकारी संस्थाको कार्यसमितिको पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रम सम्पन्न

2020-12-18 मा प्रकाशित

लक्ष्मी उप्रेती
काँकरभिट्टा, ३ पुस ÷ संविधान सभा सदस्य रविन कोइरालाले विभिन्न राजनीतिक दलबीच एक आपसमा आरोप प्रत्यारोप चलिरहेका बखत झापाको मेचीनगरमा क्रियाशील राजनीतिक दलले भने सकरात्मक सन्देश दिएको बताउनुभएको छ ।
झापाको मेचीनगरमा रहेको महेन्द्रद्वार सहकारी संस्थाको ३१ औं बार्षिक साधारणबाट आगामी चारवर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको शुक्रबार काँकरभिट्टामा सम्पन्न पद हस्तान्तरण तथा सपथग्रहण कार्यक्रममा बोल्दैं संविधान सभा सदस्य कोइरालाले उक्त कुरा बताउनुभएको हो ।
मेचीनगरका क्रियाशिल राजनीति दलहरुले संयुक्तरुपमा नवनिर्वाचित पदाधिकारीहरुलाई पर्वाह गरेको सकरात्मक सन्देशप्रति इंकित गदैं उहाँले पूर्वको घाम झूल्किने मेचीनगरबाट दलहरुले सिकाएको यो कार्य सवैका लागि प्रेरणा बन्न सक्ने बताउनुभयो ।


कार्यक्रममा नेकपा, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र राप्रपा मेचीनगर समितिले साझा रुपमा पठाएको लिखित शुभकामना सन्देश कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका संविधान सभा सदस्य कोइरालाले संस्थाका नवनिर्वाचित अध्यक्ष राजकुमार दाहाललाई हस्तान्तरण गर्नुभएको थियो । वर्तमान समयमा अहिले यो देशका विभिन्न राजनीतिक दलभित्र खिचलो पैदा भएको देख्दा, आम जनतामा दलहरुप्रति वितृष्ण पैदा हुन लागेको अवस्थामा पुग्न पुग्न आटेको अवस्था र संयौ शहिदहरुको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्यमाथि नै प्रशन उठन उठन लागेको अवस्थामा यहाँका दलहरुले दिएको साझा सन्देशले आपसी कलह, र आपसी मतभेदमा उपस्थित भएका नेपालका राजनीतिक दलहरुले पनि आफ्नै दलभित्रको सहमतिका लागि कति प्रयास गर्नुपर्छ र कसरी जानुपर्छ कस्तो संस्कारको विकास गनुपर्छ भन्ने कुराले यसले सन्देश पर्वाह गरेको आफूले महसुश गरेको उहाँको भनाई थियो ।
उहाँले अहिलेको नेतृत्वबाट सहकारीका शेयर सदस्यहरु निक्कै आशावादी रहेको भन्दैं आफ्नो काँधमा आएको जिम्मेवारी पुरा गर्नेतर्फ समिति लाग्नुपर्नेमा जोड दिनुभयो । यसलाई अवसरकारुपमा लिन समेत आग्रह गर्नुभयो ।

अब हरेक सहकारीहरु उत्पादनमुखी र उत्पादनसँग गासिनुपर्नेमा जोड दिदैं उहाँले सहकारी सदस्यको वित्तीय आवश्यकता मात्र पूरा गर्ने नभई सामाजिक,सांस्कृतिक, वातावरणीय क्षेत्रमा पनि यथेष्ट योगदान गर्न सक्ने क्षेत्र भएको औंल्याउनुभयो । निर्वाचन समितिका संयोजक भवानीप्रसाद दंगालले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरे लगत्तै प्रमुख अतिथि विशिष्ट अतिथिहरुलाई प्रमाण पत्र प्रदान गदैं अविर टीका र खादा पहिर्याउनुभएको थियो । उहाँले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराउनुभयो ।
समितिका सदस्य डिल्लीराम घिमिरेले सञ्चालन तथा सदस्य सुरेन्द्रकुमार बुढाथोकीले स्वागत गरेको कार्यक्रममा प्रदेश नम्बर १ का प्रदेश सभा सदस्य राधा थापा, मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेती, संविधान सभा सदस्य उषा गुरुङ, नेकपा मेचीनगर कमिछि इञ्चार्ज देवकुमार राई, अध्यक्ष माधवलाल अर्याल, नेपाली काँग्रेसका मेचीनगर सचिव हस्तबहादुर आङदेम्बे, राप्रपा मेचीनगर अध्यक्ष सुशील आचार्य, जनता समाजवादी पार्टीका नेता तथा निर्वाचन समिति सदस्य केवलराम राई, जिल्ला सहकारी संघ झापाका सदस्य तथा मेची कृषक सहकारी संस्थाका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटालगायत विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

निर्वाचन समितिका अनुसार आगामी चारवर्षका लागि संस्थाको अध्यक्षमा राजकुमार दाहाल, उपाध्यक्षमा युद्घराज ओली र सदस्यहरुमा क्रमस कुन्दन निरौला, सीता कार्की थापा, सुन्दरी श्रेष्ठ, प्रकाश ढुंगाना, यदुराम भटट्राई, हरिप्रसाद संग्रौला, अस्मिता दाहाल खरेल, धनमाया पराजुली इमादेवि पोखरेल, करण अधिकारी र धनकुमार राई गरी १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको थियो । यसैगरी गिरीराज धमला संयोजक र देवेन्द्र शिवाकोटी सदस्य रहेको दुई सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य डिल्लीराम घिमिरेले बताउनुभयो । लेखा सुपरिवेक्षण समितिम एकजना सदस्य पछि थप गरिने छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु