
2020-12-22 मा प्रकाशित
झापा,७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को केपी शर्मा ओली समूहले बुधबार सातै प्रदेशमा भेला गर्ने भएको छ ।
बुधबार दिउँसो एक बजे सातै प्रदेशमा एकसाथ भेला गर्ने बालुवाटार बैठकले निर्णय गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।
आगामी वर्ष मंसिर २ मा महाधिवेशनकै मिति तोकेर गतिविधि अगाडि बढाएको यो समूहले बिहीबार केन्द्रीय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।ओलीले विधान संशोधन गर्दै हालको केन्द्रीय कमिटीमा ५५६ जना सदस्य थप गरिएको छ । ११९९ जनाको महाधिवेशन आयोजक समितिमा रिक्त हुने १९६ जना पछि थप गर्ने ओली समूहको निर्णय छ ।
प्रतिकृया दिनुहोस्