झापा,८ पुस । लामो समय रोकिएको सवारी चालक अनुमति पत्रको लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले आवेदन खुलाउने निर्णय गरेको छ ।
विभागले आफ्नो वेभसाइटमा ७ वटै प्रदेशमा अनलाइनमार्फत आवेदन खुलाउने निर्णय गरेपनि लाइन्सेन्सको लागि लिइने लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षा कहिलेबाट शुरु हुन्छ भन्ने विषय भने अझैं अन्योल छ ।
कोभिडका नियन्त्रणका लागि गरिएको बन्दबन्दीदेखि नै सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० काम बन्द भएको थियो । बन्दबन्दीमा दुई पांग्रे र चार पांग्रे सवारी साधन सिक्ने सेवागाह्री भने कति बेला ट्रायल खुल्छ भन्दै प्रतिक्षामा छन् ।
अहिले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।
९ महिनापछि लाइसेन्सको लिखित र प्रयोगात्मक ९ट्रायल० परीक्षा सञ्चालनको तयारी थालेका विभागले अब २ साताभित्र ट्रायल खुलाउने तयारी भरिरहेको जनाएको छ ।
विभागले देशभर ट्रायलका लागि अनलाइन फारम अनिवार्य गरेको भएपनि त्यसको शुल्क तिर्न भने यातायात कार्यालयको काउन्टरमै पुग्नुपर्नेछ । तोकिएको शुल्क तिरेपछि परीक्षाको मिति र स्थान बारेको जानकारी कार्यालयले उपलब्ध गराउछन् ।
लिखित परीक्षाका लागि सम्बन्धित कार्यालयमै पुग्नुपर्छ भने प्रयोगात्मकका लागि तोकिएको ट्रायल सेन्टर पुग्नु पर्ने हुन्छ ।
2020-12-23 मा प्रकाशित
प्रतिकृया दिनुहोस्