त्रिदेवको नवौँ क्याम्पस सभा सम्पन्न

2020-12-24 मा प्रकाशित

साबित्रा दाहाल
चारआली, ९ पुस । त्रिदेव बहुमुखी क्याम्पस चारआलीको नवौँ क्याम्पस सभा विहीबार सम्पन्न भएको छ ।
क्याम्पसको नवनिर्मित सभाहलमा सम्पन्न कार्यक्रममा १ नं। प्रदेशका सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री गजमेरले मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएकी थिइन् । कार्यक्रममा विशेष अतिथि १ नं। प्रदेशका सांसद गोपालचन्द्र बुढाथोकीले विगतका दिनमा सहयोग गरेको र आगामी दिनमा पनि अझ सहयोग गर्ने बताएका थिए ।
कार्यक्रममा सल्लाहकार समितिका सहसंयोजक दुर्गाप्रसाद भट्टराई, मेचीनगर–१३ का वडाध्यक्ष कृष्ण सिग्देल, क्याम्पस सञ्चालक समितिका पूर्व उपाध्यक्ष तथा नेपाली काँग्रेसका प्रतिनिधि शरद शिवाकोटी, नेकपा वडा नम्बर १३ का वडाध्यक्ष खगेन्द्र सिग्देलले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा मेचीनगर–१३ निवासी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि खड्गबहादुर कार्कीले क्याम्पसको नवौँ क्याम्पस सभामा शुभकामना मन्तव्य व्यक्त गर्दै क्याम्पसको उन्नति र विकासका लागि आफ्नो तर्फबाट १ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि गजमेरले क्याम्पसका प्राध्यापकहरुको प्रयासमा क्याम्पसले प्रकाशन गरेको अनुसन्धानमूलक पत्रिका ‘त्रिदेव जर्नल’ को विमोचन समेत गरेकी थिइन् ।
सभाले क्याम्पस प्रमुख माधव प्याकुरेलद्वारा प्रस्तुत गरिएको वार्षिक प्रगति प्रतिवेदन र त्रिदेव क्याम्पस विधान ९चौथो संशोधन २०७७० लाई सभाले अनुमोदन गरेको थियो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु मध्येबाट बर्ष उत्कृष्ट प्राध्यापकको रुपमा सहायक प्राध्यापक ज्ञानकुमार खतिवडा र कर्मचारीहरु मध्येबाट बर्ष उत्कृष्ट कर्मचारीको रुपमा नवराज भट्टराईलाई सम्मान गरिएको थियो । यसैगरी विभिन्न विधामा उत्कृष्ट हुने छात्रा–छात्राहरुलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा मेचीनगर–११ का वडाध्यक्ष सन्तोष मेचे, निवर्तमान क्याम्पस सञ्चालक सदस्य अध्यक्ष सन्तोष न्यौपाने, सल्लाहकार समितिका सदस्य सुदर्शन बराल, लेखा समिति संयोजक विश्व थापा, सदस्य बद्री भट्टराई, चारआली स्थित श्रीनाथ गणका गणपति अमरसिंह थापा, नेकपा वडा नम्बर १४ का वडाध्यक्ष तथा विद्यार्थी नेता दुर्गा धमला, विद्यार्थी प्रतिनिधि लगायत स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवाला व्यक्तिक्तहरुको उपस्थिति रहेको थियो ।
त्रिदेव क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको सभापतित्व, उपाध्यक्ष श्रीराम मरासिनीले स्वागत र कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनालले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु