झापामा प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन

2020-12-25 मा प्रकाशित

झापा । संसद विघटन् भएसँगै प्रधान मन्त्रीको विरुद्धमा देशभर प्रदर्शन भइरहेका छन् । शुक्रबार जनता समाजवादी पार्टी, झापा जिल्ला समन्वय समितिले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेका छन् ।
पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार जनता समाजवादी पार्टीले शुक्रवार झापाको सदरमुकाम भद्रपुरस्थित टे«ड युनियन चोकमा विरोध प्रदर्शन गर्दै पुतला दहन गरेका थिए ।
संसद् विघटनको असंवैधानिक निर्णय मान्दैनौ, निरकुंशता तथा अधिनायकवाद मुर्दावाद भन्दै ब्यानरसहित प्रदर्शनमा उत्रिएका समाजवादीका कार्यकर्ताहरूले सदरमुकाम बजार परिक्रममा गर्दै कोणसभामा परिणत भएका थिए ।
कोणसभा बोल्दै पार्टीका केन्द्रीय सदस्य सूर्यनारायण गणेशले प्रधानमन्त्री ओलीले संसद् विघटन गरी मुलुकलाई ध्वस्त बनाउने खेलमा लागेको आरोप लगाए ।प्रधानमन्त्री ओली निरंशता तथा अधिनायकवाद तर्फ लागेको आरोप लगाउँदै समाजवादी पार्टीका झापा अध्यक्ष दिपेनवाला राईले संसद् विघटनको निर्णय तत्काल फिर्ता गर्नुमा जोड दिएका थिए ।
कार्यक्रममा केन्द्रीय सदस्य भक्त खेवाङ, देउकुमार नेम्बाङ, विद्यार्थी नेता दिनेश दंगाल लगायतले मन्तव्य राखेको जनता समाजवादी पार्टीका भद्रपुर नगर अध्यक्ष सत्रुधन चौधरीले जानकारी दिए । त्यसैगरी
नेपाल कम्युनिष्ट पार्टी नेकपाको नेपाल– दाहाल समूहका युवा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै शुक्रवार बिर्तामोडमा राँके जुलुस निकालेको छ ।
प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको असंवैधानिक कदमले देशमा अस्थिरता कायम भएको भन्दै विरोध स्वरुप राँके जुलुस निकालेको हो । प्रतिनिधि सभाको पुनःस्थापन गर्नु पर्ने जुलुसमा सहभागीले माग गरेका छन् ।
बिर्तामोडको भद्रपुर रोड, शनिश्चरे रोड र पश्चिम वस स्टेनबाट एकै साथ निकालेको राँके जुलुस मुक्ति चौकमा पुगेर सभामा परिणत भएको थियो । राँके जुलुसलाई प्रहरीले हस्तक्षेत्र गरेको थियो ।
राके जुलुस पछि मुक्ति चौकमा भएको सभामा बोल्ने नेकपा प्रदेश कमिटी सदस्य विनोद आचार्य र नेकपा झापाका सचिव विजय साङ्पाङले असंवैधानि कदक तत्काल खारेज गर्नु पर्ने माग गरेका थिए । उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिको चर्को रुपमा आलोचना गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु