पत्रकार महासंघ झापाको साधारण सभा सम्पन्न

2020-12-26 मा प्रकाशित

मेचीनगर, ११ पुस । नेपाल पत्रकार महासंघ झापाको साधारण सभा शनिबार सम्पन्न भएको छ ।
काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभाहलमा सम्पन्न साधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रमेश विष्टले गरेका छन् ।कार्यक्रमका प्रमुख अतिथि विष्टले श्रमजीवी पत्रकाहरु संकटमा रहेको बताउँदै त्यसको समाधानको लागि महासंघ नीतिगत रुपमै अघिबढेको बताए । पछिल्लो समय देखिएको राजनीतिक घट्ना क्रमले देश संकटको घडीबाट गुज्रिएको बताउँदै उनले संसद विगठनको भत्सर्ना समेत गरे ।
कार्यक्रममा महासंघका संस्थापक केन्द्रिय महासचिव चन्द्र भण्डारी, केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक रोशन पुरी, एक नम्बर प्रदेश महासंघका अध्यक्ष बिक्रम लुइटेल, मेचीनगर नगरपालिकाकी कार्यबाहक प्रमुख मिना पोखरेल उप्रेती, प्रमुख प्रशासकिय अधिकृत खेमराज ओजा, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिल्मिसिना, मेचीनगर लेडी जेसिजकी अध्यक्ष तुलसा दंगाल, लायन्स क्लब झापा अध्यक्ष शंकर थापा, पत्रकारजन्य संगठनका नेताहरु भिमा शिवाकोटी, इन्दु पुर्वेली, मुक्ति पौडेल, रञ्जित प्रसाई, देशराज नेम्बाङ लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सचिव सन्तोष आचार्यले सांगठानिक र कोषाध्यक्ष इश्वर अधिकारीेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभाले बन्दसत्रमा उठेका विभिन्न विषयमा अध्यक्ष मण्डलका संयोजक कृष्ण हुमागाई लगायतको टिमले कार्यसमितिसँग छलफल गरेर टुंगाउने सहमति गरेको छ ।
नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष एकराज गिरी र सञ्चालन सचिव सन्तोष आचार्यले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु