पूर्वीद्वारको साधारण सभामा सम्मान

2020-12-26 मा प्रकाशित

मेचीनगर, ११ पुस । पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १४औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
साधारण सभामा नेफस्कुनका केन्द्रीय सदस्य एवम् जिल्ला बचत संघ झापाका अध्यक्ष घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, जनप्रिय साकोसका उपाध्यक्ष पशुपति नेपाल, पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभापति विश्वेश्वरप्रसाद भट्टराई लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
कार्यक्रममा उत्कृष्ट बचतकर्ताहरु पूर्णबहादुर कटुवाल, कमला लिम्बु, फिरोजी खातुन, विवस चौधरी, संजय राजबंशी, उत्कृष्ट ऋणी सदस्यहरु आरती राजबंशी, नरेन मुर्मु, विमला उदास, विष्णु सार्की, प्रकाश खडकालाई जनही १ हजार नगदसहित सम्मान गरिएको थियो ।
यसैगरी संस्थाले यस बर्षको उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका प्रमुख व्यवस्थापक प्रल्हाद खड्कालाई ५ हजार नगदसहित सम्मान गरिएको अध्यक्ष भट्टराईले बताए ।
संस्थाको १० करोड १६ लाख निक्षेप, ९ करोड ५० लाख ऋण लगानी र १ करोड ७० लाख शेयर पूँजी र वासलात १४ करोड २३ लाख छ ।३ हजार ४४५ शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडा र सञ्चालन संस्थाका सचिव जीतबहादुर खड्काले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु