मेचीनगरमा २ वटा क्वारेन्टाईन सञ्चालन, ५० लाखको कोरोना बिपद कोष स्थापना

2020-04-18 मा प्रकाशित

काकरभिट्टा । कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामका लागि मेचीनगर नगरपालिकाले ७० शैयाको क्वारेन्टाईन शुक्रबार देखि सञ्चालनमा ल्याएको छ ।

कोरोना भाइरस रोकथामका लागि नगरले दुई वटा क्वारेन्टाइन स्थापना गरेको नगर प्रमुख आचार्यका जानकारी दिए । उनका अनुसार मेचीनगर ७ सतिघट्टा स्थित माइती नेपालको भवनमा २० जना र मेचीनगर ११ को धाइजन स्वास्थ्य केन्द्रका लागि निर्माण गरिएको नयाँ भवनमा ५० जनासम्म राख्न सकिने गरी क्वारेन्टाइन स्थापना गरेको हो ।

त्यसैगरी कोरोनाका संक्रमितहरुलाई अलग्गै राखेर उपचार गर्ने गरी मेचीनगर १० स्थित धुलाबारी स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड राख्ने निर्णय गरिएको उनको भनाई छ । कोरोना भाइरसको महामारीसंग जुध्नका लागि मेचीनगर नगरपालिकाले ५० लाखको कोरोना बिपद ब्यवस्थापन कोष स्थापना गरेको छ । नगरप्रमुख आचार्यले तत्कालका लागि ५० लाख रहने गरी कोरोना बिपद कोष स्थापना गरेको बताए ।

उनले भने आवश्यक अनुसार कारोना विपद कोषमा थप रकम छुट्याउने सकिने ब्यवस्था मिलाएको छ । मेचीनगर, स्थानीय प्रहरी प्रसाशन र जिल्ला प्रशासन कार्यालयको समन्वयमा विभिन्न संघ संस्थाहरुको सहयोगमा पूर्वी नाकामा आवात जावतलाई ब्यवस्थीत बनाइएको नगरप्रमुख आचार्यले बताए ।

नेपाल प्रवेश गर्ने सबै यात्रुलाई नाकामा तापक्रम नापेर मात्र नेपाल प्रवेश गराइएको र शुक्रबार देखि सावरी साधनलाई समेत उपचार गरेर मात्र नेपाल प्रवेश गर्न दिने ब्यवस्था मिलाइएको नगरप्रमुख आचार्यले जानकारी दिए ।राजनितिक दलका मेचीनगरका अध्यक्षहरुले संयुक्त रुपमा नगरप्रमुख आचार्य र उपप्रमुख उप्रेतीलाई भेट गरी कोरोना भाइरसको विपदसंग लड्नका लागि एउटा अलग्गै कोष निर्माण गरी पूर्व तयारीमा लाग्न दबाब दिदै आएका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु