प्रेस संगठन विभाजित , ओली पक्षीय संगठनको संयोजकमा बस्नेत

2021-01-22 मा प्रकाशित

झापा, ९ माघ । नेकपामा देखिएको विभाजनको असर पत्रकार संगठनमा पनि प्रष्ट देखा परेको छ ।ओली समूहको प्रेस संगठन नेपालको काठमाडौंमा विहीवार सम्पन्न राष्ट्रिय भेलाले संगठनका संयोजक महेश्वर दाहाललाई पदबाट हटाएको छ ।भेलाले सहसंयोजक गणेश बस्नेतलाई दाहालको ठाउँमा अब प्रेस संगठनको नयाँ संयोजक चयन गरेको छ ।

राष्ट्रिय सभागृहमा भएको भेलाको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गरेका थिए ।भेलाले केन्द्रीय समितिमा सय जना सदस्य थप्ने निर्णय समेत गरेको छ ।संयोजक चयन भएका बस्नेत साविक प्रेस चौतारी नेपालका अध्यक्ष थिए । हटाइएका संयोजक दाहाल साविक प्रेस सेन्टरका अध्यक्ष थिए ।नेकपा निकट पत्रकारहरुको संगठन प्रेस संगठन अब पार्टी विभाजन जस्तै ओली र प्रचण्ड–नेपाल समूहमा चिरा भएको छ ।प्रचण्ड–नेपाल पक्षीय पत्रकारहरुले दुई दिन अघि प्रज्ञा भवन कमलादीमा प्रेस संगठन नेपालको बेग्लै दोस्रो राष्ट्रिय भेला गरेका थिए ।उक्त भेलाको अध्यक्षता संयोजक महेश्वर दाहालले नै गरेका थिए ।दुई चिरामा विभाजित प्रेस संगठनमध्ये ओली पक्षमा साविक प्रेस चौतारीको बहुमत र प्रचण्ड–नेपाल पक्षमा साविक प्रेस सेन्टरको बहुमत गएको अनुमान गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु