प्रदेश १ मा पहिलो चरणमा ३५ हजारलाई कोरोनाविरुद्धको खोप लगाउने तयारी

2021-01-25 मा प्रकाशित

विराटनगर,१२ माघ । संघीय सरकारले प्रदेश १ का लागि पठाएको कोरोना विरुद्धको भ्याक्सिन विराटनगर आइपुगेको छ ।प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका प्रशासकीय अधिकृत काशीराज पराजुलीका अनुसार प्रदेश १ मा पहिलो चरणमा ३५ हजार ५७६ जनालाई खोप लगाउने कार्यक्रम छ । विराटनगर आइपुगेको खोप बुधबारबाट लगाउन सुरु गरिने उनले बताए ।प्रदेश सरकारले निजी तथा सरकारी संस्थामा र्कारत स्वास्थ्यकर्मी र सफाइ कर्मचारीलाई पहिलो चरणमा खोप लगाउने तयारी गरेको छ ।पहिलो चरणमा मोरङमा १२ हजार १ सय ५६, सुनसरीमा ५ हजार ४ सय २०, झापामा ५ हजार १ सय ७७, धनकुटामा ८ सय ५८, उदयपुरमा १ हजार २ सय ७६, भोजपुरमा १ हजार २ सय ३५ जनाले खोप लगाउनेछन् ।इलाममा १ हजार ७ सय २४, ओखलढुंगामा १ हजार ३ सय ७१, खोटाङमा १ हजार ६ सय १८, तेह्रथुममा ७ सय ९२, संखुवासभामा ९ सय ६१, सोलुखुम्बुमा ७ सय ९२ जना फ्रन्टलाइनरलाई खोप लगाउने तयारी गरेको छ ।प्रदेश २ को सप्तरी र सिराहाका लागि पनि विराटनगरबाट नै खोप पठाइनेछ । सिराहामा ३ हजार ९ सय ३० र सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाइने छ । प्रदेश २ का दुई जिल्लासहित कार्यालयले ४३ हजार २ सय ६० जनालाई खोप लगाउने पराजुलीले बताए ।खोप लगाउनका लागि प्रदेश सरकारले कर्मचारीलाई तालिम दिइसकेको उनले बताए । प्रदेश १ सामाजिक विकास मन्त्रालय अस्पताल विकास महाशाखा प्रमुख सागर प्रसाईंका अनुसार जिल्ला अस्पतालमा रहेका जनशक्तिले खोप लगाउनेछन् ।अनलाइन खवरबाट

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु