देशभर ३०३ जनामा कोरोना संक्रमण पुष्टि

2021-01-26 मा प्रकाशित

काठमाडौं,१३ माघ । पछिल्लो २४ घण्टामा देशभर ३०३ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ५७४ जनाको परीक्षण गर्दा १३० जना महिला र १७३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ । उनीहरुमध्ये २ लाख ६४ हजार ८२३ जना संक्रमणमुक्त भएका छन् भने २०१७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हाल देशभर ३ हजार २५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २ हजार ५०३ जनाको होम आइसोलेसनमा छन् भने ७४९ जनाको आईसीयू र १३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु