काठ दाउराको विक्री वितरण खुला

2021-01-27 मा प्रकाशित

झापा, १४ माघ । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि खारेज गरेको छ ।२०७१ सालमा ल्याइएको सो नीतिका बारेमा विवाद रहँदै आएको थियो ।मन्त्रीपरिषद्को आइतवार बसेको बैठकले कार्यविधि खारेज गर्दै बन व्यवस्थापन नीति लागू गरिएका बनहरुको घाटगद्दीमा थुपारिएका काठ दाउराहरुको रेकर्ड १५ दिनभित्र प्रदेशको बन निर्देशनालय र बन मन्त्रालयमा पठाउन जिल्लाका बन कार्यालयहरुलाई निर्देशन दिएको छ ।बन ऐन २०७६ कार्यान्वयनका लागि नयाँ नियमावली, निर्देशिका र कार्यविधि लागू गर्ने बैठकले निर्णय गरेको छ ।वैज्ञानिक बन व्यवस्थापन लागू भएका बाहेका बनलाई काठ दाउरा विक्री वितरण र ओसारपसारका लागि सरकारले खुला गरिदिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु